हिउँपहिरोमा परी पर्यटक र प्रदर्शकको निधन
शनिबार, २५ फागुन २०७५, १३ : १७
मनाङ– यही फागुन ९ गतेदेखि सम्पर्कविहीन एक विदेशीसहित एक नेपाली पथप्रदर्शकको हिउँपहिरोमा परी निधन भएको छ ।
अन्नपूर्ण पदमार्गमा आएका हल्याण्डका नागरिक डोलोमा डेसीलेन्ट र उनका पथप्रदर्शक अजय ढकालको मनाङको ङिस्याङ गाउँपालिकाअन्तर्गत पर्ने ढिकुरपोखरी नजिकको क्याङली भीरमा आएको हिमपहिरोमा परी मृत्यु भएको हो ।
थोरङपासका लागि माथिल्लो भेग गुम्छाङ हुँदै लेदरसम्म पुगेर फर्कने क्रममा ढिकुरपोखरी नजिकको क्याङली भीरमा आएको हिउँपहिरोमा परी निधन भएका दुबैको शव आज फेला परेको जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी निरीक्षक सर्वेन्द्रकुमार विकले बताए ।
शव परीक्षणका लागि आजै हेलिकप्टरबाट शव काठमाडौंँमा लैजाने तयारी भएको प्रहरी निरीक्षक सर्वेन्द्रकुमार विकले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण