भृकुटीमण्डपमा पुष्प मेला, १९ तस्बिरमा हेर्नुहोस्
काठमाडौं–काठमाडौंको भृकुटीमण्डपमा पुष्प मेला सुरु भएको छ ।
कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरीले शुक्रबार एक कार्यक्रमबीच २२ औं पुष्प मेलाको उद्घाटन गरिन् ।
पुष्प व्यवसायको अन्तराष्ट्रिय बजारमा समेत प्रवद्र्धन गर्ने उद्देश्यका साथ यस वर्ष पनि मेला आयोजना गरिएको फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारी दिए । उनले पुष्प मेलालगायतका मेलाहरुको प्रर्दशनीका लागि तत्काल प्रर्दशनी स्थलको व्यवस्था गर्न पनि सरकारसँग माग गरे ।
भृकुटीमण्डवमा रहेको प्रर्दशनी स्थलको भौतिक पूर्वाधार समेत जीर्ण रहेकाले पनि सरकारले प्रर्दशनीका लागि छुट्टै स्थलको व्यवस्था गर्न ढिलाई गर्न नहुने उनको भनाई थियो ।
‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ आयोजना गरिएको सो मेलामा ४८ वटा स्टल रहेका छन ।
आयोजक समितिका अनुसार मेलामा उत्कृष्ट मौसमी फूल, फूलको विरुवा र स्टललाई नगदसहित पुरस्कार प्रदान गरिनेछ । ३ दिनसम्म चल्ने मेलामा करिव ५० हजारले अवलोकन गर्ने तथा ६० लाख बराबरको आर्थिक कारोबार हुने अपेक्षा पनि गरिएको छ ।


















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रजातन्त्रका लागि लडेको कांग्रेसमै निरङ्कुशता सुरु भयो : शेखर कोइराला
-
मंगलबारदेखि सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हुने
-
सामाजिक सञ्जाल ट्रायल र सिन्धुलीको वैचारिक सङ्घर्ष
-
नेता र राज्यका अङ्गहरू स्वार्थ समूहको गोजीमा थिए, त्यो जालो अब तोडिन्छ : अर्थमन्त्री
-
विश्व आदिवासी युवा सम्मेलन सम्पन्न
-
युवाहरूले बिदेसिनै पर्ने बाध्यता चिर्ने सुरुवात बजेटले गरेको छ : अर्थमन्त्री वाग्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण