कर्णालीसँग इतिहास, सभ्यता र अर्थतन्त्र जोडिएको छ: मुख्यमन्त्री शाही
सुर्खेत–कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली नदीसँग कर्णालीको इतिहास, सभ्यता र अर्थतन्त्र जोडिएको वताएका छन् । तेस्रो राष्ट्रिय नदी शिखर सम्मेलन–२०७५ को बिहीबार सुर्खेतमा उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले कर्णाली नदी कर्णालीवासीको जीवनसँग जोडिएको बताए ।
इतिहासमा रेशमी मार्गका रुपमा परिचित कर्णाली करिडोर बङ्गाल र भोटको व्यापार जोड्ने ठुलो आर्थिक करिडोर रहेको चर्चा गर्दै मुख्यमन्त्री शाहीले अब पनि कर्णालीलाई मुलुककै ठुलो अर्थतन्त्र निर्माणका लागि जुटनुपर्ने बताए । धार्मिक महत्वको मानसरोवर पुग्ने पर्यटकहरुका लागि कर्णाली करिडोर सबै भन्दा छोटो रुट हुने चर्चा गर्दै मुख्यमन्त्री शाहीले धार्मिक पर्यटनका दृष्टिले पनि कर्णालीको महत्व धेरै रहेको बताए ।
कर्णालीको प्राकृतिक स्वच्छता र सुन्दरताको संरक्षण अपरिहार्य रहेको बताउँदै मुख्यमन्त्री शाहीले कर्णालीको सुरक्षाका लागि सरोकारवाला सबै लाग्नुुपर्ने बताए । कर्णाली करिडोरमा सडक पूर्वाधारको विकासका लागि प्रदेश सरकार लागिपरेको भन्दै मुख्यमन्त्री शाहीले अबको ५ वर्षभित्र सडकमार्गबाटै पर्यटकहरु मानसरोवर जाने दावी गरे ।
केही महिनाअघि नदी संरक्षण संस्थाको अगुवाईमा कर्णाली नदीको उत्पतिस्थल तिब्बतदेखि गंगा नदीसम्म ४४ दिन लगाएर गरिएको अध्ययनमा आधारित वृत्तचित्र पनि कार्यक्रममा प्रदर्शन गरिएको थियो । शिखर सम्मेलन दैलेखको राकममा ३ दिनसम्म चल्नेछ ।
सम्मेलनमा नेपाल र नेपाल बाहिरका बैज्ञानिक, नदी संरक्षण अभियन्ता, पत्रकार लगायतको सहभागिता रहेको छ । शिखर सम्मेलनको आयोजक संस्था नदी संरक्षण संस्थाका अध्यक्ष मेघ आलेले विविधतायुक्त विश्वका ५ महत्वपूर्ण नदीमध्ये एउटा नदी कर्णाली रहेको कारण कर्णालीको अवस्था अध्ययन, नदी संरक्षण लगायतका विषयमा सम्मेलनमा व्यापक छलफल हुने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
-
१० बजे १० समाचार : संवादहीनता तोड्दै प्रधानमन्त्रीदेखि रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दलसम्म
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवाद : प्रियंकाले मागिन् माफी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण