त्यो शक्तिशाली आँधी, जसले ट्याक्टर नै उडायो (फोटोफिचर)
बारा–बाराको प्रसौनी गाउँपालिका–४ स्थित खुटुवामा आइतबार राती आएको विनाशकारी शक्तिशाली आँधीले रोकी राखेको ट्याक्टर नै उडाएको छ ।
खुटुवास्थित इट्टा भट्टासँगै रहेको ट्याक्टर हुरीले उडाएर मजदुर बस्ने टहरोमा खस्दा बिनोद ठाकुरले सञ्चालन गरेको इट्टाभट्टाका मजदुर अक्षेलाल शाहको मृत्यु भएको छ ।
आँधीले खुटुवा गाउँका १५० घरधुरी पूर्ण रुपमा क्षति भएको छ । १५० घरमा सामान्य क्षति पुगेको स्थानीयहरु बताउँछन् ।
विनाशकारी आँधीले पत्यार नै नलाग्ने गरी करिब २ सय वर्ष पुरानो निकै ठूलो पिपलको रुख ढालेको छ । मेशिनले चिरेजस्तो गरेर गाउँको निकै पुरानो पिपलको रुख ढलेपछि स्थानीयहरु आश्चर्यचकित बनेका छन् ।
‘यो पिपलको गाछी (रुख) करिब २ सय बर्ष पुरानो हो’ स्थानीय सफिक अन्सारी भन्छन्, ‘कस्तो अचम्मले यो रुख ढाल्यो, हामी आश्चार्यमा परेका छौं ।’
खुटुवाका स्थानियले आँधी आएको चार दिन वितिसक्दा पनी राहत नै नपाएको गुनासो गरेका छन् ।
‘अहिलेसम्म राहतको नाममा एउटा त्रिपाल बाहेक केही पाएका छैनौं’ स्थानीय योद्धा महतो भन्छन्, ‘घर ढलेर सवै पुरिएको छ, तर ओढ्ने–ओछ्याउने र खानेकुरा पाएका छैनौं ।’
विनाशकारी आँधीले बर्षौंदेखिको थातथलो ढलेपछि स्तब्ध बनेका खुटुवाबासीको जनजीवन अझै सामान्यतर्फ फर्कन सकेको छैन ।




















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
-
काठमाडौँले अन्तर्राष्ट्रियस्तरको काठमाडौँ फिल्म फेस्टिभलको आयोजना गर्ने
-
रास्वपा कैलाली जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र परिणाम बदर
-
राप्रपाको खाने र देखाउने दाँत फरक छ : धवलशमशेर राणा
-
६५ हजारमा आईफोन-१५ प्रो म्याक्स दिने प्रलोभन दिएर २ सय जनालाई ठगी
-
ब्राजिलमा बन्जी जम्पका क्रममा डोरी बाँध्न बिर्सिएर पुलबाट खसाउँदा युवतीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण