चुनावी परिणामलगत्तै बार प्राङ्गणमा जे देखियो (फोटोफिचर)
काठमाडौं । कानुन व्यवसायीहरुको छाता संगठन (नेपाल बार एसोसिएसन)को अध्यक्षमा वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ निर्वाचित भएका छन् । अध्यक्षमा निर्वाचित भएपछि उनलाई बधाई दिनेहरुको भीड छ ।
श्रेष्ठ लोकतान्त्रिक समूहका सुनिलकुमार पोखरेललाई पराजित गर्दै विजयी भएको बिहीबार साँझ निर्वाचन कमिटीले जानकारी गराएको हो । श्रेष्ठले ४ हजार २२ मत प्राप्त गरेका छन् भने पोखरेलले ३ हजार ८ सय ७३ मत मात्र प्राप्त गरे ।
यस्तै महासचिवमा भने लोकतान्त्रिक समूहका लीलामणि पौडेल विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी प्रगतिशील समूहका सुरेन्द्रबहादुर थापालाई पराजित गरेका हुन् ।
यता निर्वाचन कमिटीले मत परिणाम सार्वजनिक गरेलगत्तै सुनिल कुमार पोखरेललगायतले निर्वाचन परिणाम गन्दा धाँधली गरेको भन्दै उजुरी हालेका छन् । उनीहरुले पुनः मतगणनाा हुनुपर्ने माग गरेका हुन् ।
एसोसिएसनको गत १६ गते (शनिबार) निर्वाचन भएको थियो ।








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरले अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियालाई स्वचालित बनाउने
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
-
काठमाडौँले अन्तर्राष्ट्रियस्तरको काठमाडौँ फिल्म फेस्टिभलको आयोजना गर्ने
-
रास्वपा कैलाली जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र परिणाम बदर
-
राप्रपाको खाने र देखाउने दाँत फरक छ : धवलशमशेर राणा
-
६५ हजारमा आईफोन-१५ प्रो म्याक्स दिने प्रलोभन दिएर २ सय जनालाई ठगी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण