अब जाजरकोटको शिवालयमा पनि सिभिल बैंकको शाखा
जाजरकोट – सिभिल बैंक लिमिटेडले जाजरकोट जिल्लाको शिवालय गाँउपालिकामा शाखा स्थापना गरेको छ । शाखाको उद्घाटन कर्णालीप्रदेश सभा सदस्य करबीर शाहीले गरे ।
उक्त शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा कर्णालीप्रदेश सभा सदस्य माननीय कर बीर शाही, सिभिल बैंकका प्रमुख माईक्रो बैकिंग यूवराज गुरागाईं, जाजरकोट जिल्ला समन्वय समितिका प्रमुख मन बहादुर रावल, शिवालय गाँउपालिकाका अध्यक्ष नरेन्द्र कुमार शाही, शिवालय गाँउपालिकाका उपाध्यक्ष कुमारी थापा, शिवालय गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत धनीराम शर्मा लगायत सो क्षेत्रका राजनीतिज्ञ , उद्योगी, व्यवसायी, सर्वसाधरणको उपस्थिति रहेको थियो ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा कर्णाली प्रदेश सभा सदस्य करबीर शाहीले अहिले पनि नेपालको कूल ४०% जनताले मात्र बैकिंग गर्ने र सो ४०% भित्रको ४२% ले मात्र ऋण सुविधाको उपभोग गर्ने गरेको बताए । उनले बैंकको उपस्थितिविना संघीय नेपालको समृद्धि हुन नसक्ने भन्दै ग्रामीण भेगमा बैंकको शाखा विस्तार हुँदा बित्तिय साक्षरताको अभिबृद्धी हुने उल्लेख गरे ।

स्थानीयतहमा बैंकको आवश्कता महसुस गरेर सिभिल बैंकले आफ्नो शाखा जाजरकोटको शिवालय गाँउपालिकामा स्थापना गरेकोमा गाँउपालिकाका अध्यक्ष नरेन्द्र कुमार शाहीले खुशी व्यक्त गरे ।
सिभिल बैंकका प्रमुख माईक्रो बैकिंग यूवराज गुरागाईंले ग्रामीण भेगको आर्थिक विकासको लागि बैंक अपरिहार्य रहेको बताए । नेपाल राष्ट्र बैंकले स्थानियस्तरमा बित्तीय पहुँच पु¥याउने नीतिलाई आत्मसात गर्दै सिभिल बैंक लिमिटेडले जाजरकोटको उक्त गाउँपालिकावासीलाई सहयोग गर्न पाएकोमा खुसी ब्यक्त गरे ।

उनले सिभिल बैंकले आफ्ना ग्राहकवर्ग तथा अन्य सम्पूर्ण सरोकारवालाहरुका हितलाई ध्यानमा राखी बचत परिचालनका योजनाहरु ल्याउने र स्थानीय अर्थतन्त्रको विकासका लागि उत्पादनमुलक क्षेत्रको लगानीमा जोड दिने बताए । उनले प्रविधि केन्द्रित सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने र आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिवृद्वि गर्दै जाने योजना रहेको बताए ।
सिभिल बैंकले हाल सम्म करीब ३००,००० ग्राहकहरु रहेका छ । करीब रु.४४ अर्व निक्षेप परिचालन गरी करीब रु.४४ अर्व कर्जा लगानी गरेको छ । शिवालय शाखासहित यस बैंकको कुलशाखा संख्या ७४पुगेकोे बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
-
१० बजे १० समाचार : संवादहीनता तोड्दै प्रधानमन्त्रीदेखि रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दलसम्म
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवाद : प्रियंकाले मागिन् माफी
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण