‘पब्जी’ खेल्ने बालबालिकामा मानसिक असन्तुलन, तत्काल बन्द गर्न माग
मङ्गलबार, २६ चैत २०७५, ०७ : ५३
१

काठमाडौँ – बालबालिका र किशोरकिशोरीमाझ लोकप्रिय खेल पब्जीले मानसिक समस्या निम्त्याएको भन्दै यसलाई तत्काल बन्द गर्नुपर्ने सुझाव विज्ञहरुले दिएका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा सरोज कुमारी चौधरीले लेखेकी छिन् ।
यो खेलले हिंसाप्रति उनीहरुको लगाव बढेको मनोचिकित्सकहरु बताउँछन् । खेलाडीहरुको अज्ञात युद्धस्थल अर्थात् ‘प्लेयर्स अननोन बेटल ग्राउन्ड (पब्जी) अति खेल्ने बालबालिकामा मानसिक असन्तुलनसमेत देखिएकाले यसलाई उनीहरुको पहुँचबाट टाढा राख्नुपर्ने निष्कर्षमा मनोविद्हरु पुगेका हुन् ।
‘पब्जी खेलमा हिंसा हुने भएकाले खेल्नेहरुमा विस्तारै हिंस्रक व्यवहार देखिन थाल्छ,’ युवा मनोपरामर्शदाता सुनिल अधिकारी भन्छन्, ‘त्यसको प्रभाव बढ्दै गएर धेरै बालबालिका र किशोरको मानसिक सन्तुलन नै खलबलिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सुनकोसीमा डुबेर एकजनाको मृत्यु
-
सभामुख घिमिरले तीन दलका प्रमुख सचेतकहरुसँग छलफल गर्ने
-
त्रिविले फास्ट ट्र्याकबाट कसरी नियुक्त गर्दैछ १३० जना प्रोफेसर ?
-
सुदूरपश्चिम प्रदेशमा सांसदहरूका लागि २ अर्ब २३ करोड विनियोजनको तयारी
-
सुनको मूल्य तोलामा ३ हजार रुपैयाँ घट्यो
-
रुपन्देहीमा युवती जलेको अवस्थामा मृत फेला