यु–१४ राष्ट्रिय विद्यालय खेलकुद : सय मिटरमा अदित्य र गौरीलाई स्वर्ण
सारांश
- मधेस प्रदेशका अदित्य यादव र सुदूरपश्चिम प्रदेशकी गौरीकुमारी साउदले यु-१४ राष्ट्रिय विद्यालय खेलकुदमा स्वर्ण जिते।
- त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगितामा विभिन्न प्रदेशका खेलाडीहरूले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गरे।
- एथलेटिक्सको पहिलो दिन कर्णाली प्रदेशले २ स्वर्ण जित्यो भने सुदूरपश्चिम, गण्डकी, मधेस र लुम्बिनीले १-१ स्वर्ण जिते।
काठमाडौँ । मधेस प्रदेशका अदित्य यादव र सुदूरपश्चिम प्रदेशकी गौरीकुमारी साउदले यु–१४ राष्ट्रिय विद्यालय खेलकुदअन्तर्गत एथलेटिक्सको १ सय मिटर दौडमा आइतबार स्वर्ण जितेका छन् । आदित्य छात्र तथा गौरी छात्रामा पहिलो भएका हुन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अदित्यले निर्धारित दूरी ११.६ सेकेन्डमा पूरा गरे । कर्णाली प्रदेशका सुरेन्द्र परियारले रजत तथा कोशी प्रदेशका अंकित ताजपुरीयाले कांस्य जिते ।
राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा भइरहेको प्रतियोगितामा गौरीले निर्धारित दूरी तय गर्न १४.६ सेकेन्ड समय खर्चिन् । कर्णालीकी गोमा शाहीले रजत तथा कोशीकी प्रकृति काफलेले कांस्य हात पारे ।
छात्र ४ सय मिटर दौडमा गण्डकी प्रदेशका आयन राना पहिलो भए । उनले ५५.६ सेकेन्डमा दौड सकाए । सुदूरपश्चिमका रोहित धामी दोस्रो तथा कोशीका प्रियान्शु शाह तेस्रो भए । सोही स्पर्धाको छात्रामा कर्णालीकी सुष्मा बुढा ६९.३ सेकेन्ड समयसाथ शीर्ष स्थानमा रहिन् । गण्डकीकी आराध्या चालिसे दोस्रो तथा बागमती प्रदेशकी शिल्भी नागा तेस्रो बने ।
छात्र लङजम्पमा कर्णालीका सुरेन्द्र सुनार पहिलो भए । उनले ५.९८ मिटर जम्प गरे । कोशीका नितेश गच्छदार दोस्रो तथा सुदूरपश्चिमका मोहन परियार तेस्रो भए । उक्त स्पर्धाको छात्रामा ४.१७ मिटर जम्प गरेकी लुम्बिनीकी अनुजा थारु चौधरी पहिलो बनिन् । कर्णालीकी करुणा चन्द दोस्रो तथा कोशीकी प्रकृति काफ्ले तेस्रो भए ।
जम्मा १२ स्पर्धा समावेश एथलेटिक्सको पहिलो दिन ६ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा कर्णालीले २ स्वर्ण जितेको छ । सुदूरपश्चिम, गण्डकी, मधेस र लुम्बिनीले समान १–१ स्वर्ण जितेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण