सुनको मूल्य तोलामा ३ हजार रुपैयाँ घट्यो
आइतबार, २५ जेठ २०८२, ११ : २७

समाचार सारांश
- आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले घटेको छ।
- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रति तोला १ लाख ९० हजार ७०० रुपैयाँ कायम भएको छ।
- चाँदीको मूल्य पनि घटेर प्रति तोला २ हजार १४५ रुपैयाँ पुगेको छ।
काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ३ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९० हजार ७०० रुपैयाँ कायम भएको हो ।
यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार ७०० रुपैयाँ कायम भएको थियो ।
यसैबिच आइतबार चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा २ हजार १५० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार घटेर तोलामा २ हजार १४५ रुपैयाँ कायम भएको हो ।