आन्दोलनरत डाक्टरबाट वीर अस्पताल बाहिरै ओपीडी सेवा सञ्चालन (फोटोफिचर )
आन्दोलनरत डाक्टरहरुले काठमाडौँको वीर अस्पतालबाहिरै ओपीडी सेवा सञ्चालन गरेका छन् ।
सर्वसाधारणलाई उपचारमा समस्या नहोस् भनेर अस्पताल परिसरमा ओपीडी सेवा सञ्चालन गरेको आन्दोलनरत सरकारी चिकित्सक संघका अध्यक्ष डा. दिपेन्द्र पाण्डेले बताए ।
‘अस्पताल आउने सबैलाई उपचार सेवा दिन्छौँ, तर भित्र जादैनौँ, अस्पतालबाहिरैबाट’ अध्यक्ष पाण्डेले रातोपाटीसँग भने । चिकित्सकहरुले बाहिरै ओपीडी सञ्चालन गरेपछि विरामीहरुले लाइन लागेर पालोमा चेकजाँच गराएका थिए ।
अस्पतालका टेवल, कुर्सी र उपकरणहरु अस्पतालबाहिर ल्याएर विरामी चेकजाँच गरेका उनीहरुले अस्पतालको रसिद, टिकट प्रयोग नगरी चिकित्सक संघकै लेटरप्याड र छाप प्रयोग गरेका छन् ।

यसअघि वीर अस्पताल प्रशासनले प्रहरी लगाएर ओपीडी विभागको टिकट काटेको थियो । चिकित्सकहरुले ओपीडी सेवा बन्द गरेको छैठौ दिन बुधबार बिहानबाट प्रशासनले प्रहरीको सहयोगमा ओपीडीको टिकट खुलाएको हो ।
प्रशासनले प्रहरी लगाएर ओपीडी टिकट बाँडेलगत्तै आन्दोलनरत डाक्टरले बाहिरैबाट सेवा सुचारु गरेका हुन् । तर, आन्दोलनरत डाक्टरहरुले मंगलबारको बैठकले अस्पताल बाहिरै ओपीडी सञ्चालन गर्ने निर्णय गरेकाले त्यहीँ अनुसार सेवा सुरु गरेको दावी गरेका छन् ।

कर्मचारी समायोजनप्रति असन्तुष्टि जनाउँदै गत शुक्रबारबाट देशभरका सरकारी चिकित्सकहरुले अत्यावास्यक बाहेकका सेवा अवरुद्ध गरेर आन्दोलनलाई जारी राखेका थिए । सरकारी चिकित्सकहरुले आफुहरुलाई समायोजन गर्दा संघ अन्तर्गत नै राख्नुपर्ने मुख्य माग अघि सारेका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारी चिकित्सकहरुका माग जायज नभएकाले अटेर गरेर सेवा अवरुद्ध गरिरहे सरकार कारवाही गर्न बाध्य हुने चेतावनी दिएका थिए ।

















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरले अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियालाई स्वचालित बनाउने
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
-
काठमाडौँले अन्तर्राष्ट्रियस्तरको काठमाडौँ फिल्म फेस्टिभलको आयोजना गर्ने
-
रास्वपा कैलाली जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र परिणाम बदर
-
राप्रपाको खाने र देखाउने दाँत फरक छ : धवलशमशेर राणा
-
६५ हजारमा आईफोन-१५ प्रो म्याक्स दिने प्रलोभन दिएर २ सय जनालाई ठगी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण