शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

रूखबाट लडेर वडा सदस्यको मृत्यु

शुक्रबार, २० साउन २०७४, १० : ५८
शुक्रबार, २० साउन २०७४

रुकुम - रूखबाट लडेर यहाँका एकजना निर्वाचित वडा सदस्यको मृत्यु भएको छ । ५ नम्बर प्रदेशमा पर्ने सिस्ने गाउँपालिका–८ का सदस्य ५३ वर्षीया मेघलाल पुनको रूखबाट लडेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

बिहीबार दिउँसो घर नजिकैको रूखमा बाख्रालाई घाँस काट्दा उहाँ लड्नुभएको बताइएको छ । गम्भीर घाइते भएका पुनलाई उपचारका लागि नेपाजगञ्ज लैजाँदै गर्दा बाटोमा बिहीबार राति करिब ११ बजेतिर मृत्यु भएको आफन्तले जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप