भरतपुरमा २ बजेसम्म ६९ प्रतिशत मत खस्यो
चितवन–चितवनको भरतपुर महानगरपालिका वडानम्बर –१९ मा दिउँसो २ बजेसम्म ६९.८ प्रतिशत मत खसेको छ । चितवनका प्रहरी प्रमुख दीपक थापाका अनुसार दिउँसो २ बजेसम्म जम्मा मतदाता संख्याको ६९.८ प्रतिशत मत खसेको हो । उनका अनुसार दुई वजेसम्म २ हजार ६ सय ५१ मत खसिसकेको छ ।
यहाँका कूल ३ हजार ७ सय ९७ मतदाताले ३ मतदानस्थलका ६ वटा मतदान केन्द्रबाट मतदान गर्दैै छन् । मतदान साँझ ५ बजेसम्म चल्ने र आजैबाट मतगणना सुरु गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।
यो वडामा मतदान सम्पन्न गर्न मतदान अधिकृतसहित ३६ जना कर्मचारी खटिएका छन् । भरतपुर महानगरपालिकामा माओवादी–कांग्रेस गठबन्धनबाट रेणु दाहाल मेयरकी उम्मेदवार छिन् भने एमालेबाट देवी ज्ञवाली उम्मेदवार बनेका छन् ।
पहिलो चरण गत बैशाख ३१ मा भएको मतदानपछि मतगणनाका क्रममा मतपत्र च्यातिएपछि भएको विवादपछि यो वडामा आज पुन मतदान गरिएको हो । भरतपुरको चुनावलाई सत्तापक्ष र प्रतिपक्षले प्रष्तिष्ठाको विषय बनाएकाले अहिले सवैको चासो भरतपुरमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवप्रवर्तन मन्त्रालयका लागि स्वयंसेवक बन्न महावीर पुनको आह्वान
-
हर्क साम्पाङले महावीरलाई गराए सचेत
-
हेजबुल्लासँग उद्धार बन्न नेतान्याहुलाई ट्रम्पको आग्रह
-
आन्तरिक राजस्व बढ्दा लुम्बिनी प्रदेशको आम्दानी २६ अर्ब नाघ्यो
-
महावीर पुनले भने : नवप्रवर्तन मन्त्रालयलाई बजेट धेरै भयो
-
तनहुँमा वन्यजन्तुको आक्रमणबाट ९ वर्षमा १७ बालबालिकाको गयो ज्यान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण