कस्तो असर छ काठमाडौँमा विप्लवको बन्दको ? (तस्विरमा हेर्नुहोस्)
काठमाडौँ – नेत्रविक्रम चन्दको ‘विप्लव’ समूहले आह्वान गरेको बन्दको प्रभाव काठमाडौँमा न्यून छ ।
निजी सवारी साधन निर्वाध चलिरहेका छन् भने सार्वजनिक सवारी साधन सदाको तुलनामा केही कम मात्र चलिरहेका छन् ।
धेरै विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द रहेका छन् ।
अप्रिय घटना नघटोस् भनेर राजधानीका विभिन्न स्थानमा सुरक्षाकर्मीलाई व्यापक रुपमा परिचालन गरिएको छ ।
राजधानीमा बन्दले असर नगरेपनि देशका विभिन्न स्थानमा बम विस्फोट, शंकास्पद वस्तु फेला, आगजनी र सवारी साधन गुडेका छैनन् ।
मुग्लिन प्रहरीका अनुसार पृथ्वी राजमार्गमा बन्दको प्रभाव धेरै छ । उक्त राजमार्गमा सार्वजनिक सवारी साधन गुडेका छैनन् भने निजी सवारी साधन फाट्टफुट्ट मात्रै चलेको छ ।
यसैगरी, दोलखाको चरिकोटमा पनि बन्दको प्रभाव परेको छ । बस नचल्दा यात्रुहरु समस्यामा परेका छन् । यता, प्रदेश ५ मा बन्दको असरले जनजिवन प्रभावित बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरले अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियालाई स्वचालित बनाउने
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
-
काठमाडौँले अन्तर्राष्ट्रियस्तरको काठमाडौँ फिल्म फेस्टिभलको आयोजना गर्ने
-
रास्वपा कैलाली जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र परिणाम बदर
-
राप्रपाको खाने र देखाउने दाँत फरक छ : धवलशमशेर राणा
-
६५ हजारमा आईफोन-१५ प्रो म्याक्स दिने प्रलोभन दिएर २ सय जनालाई ठगी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण