‘जनप्रतिनिधि डोजर मालिक बने’
दैलेख–प्रतिनिधिसभा सदस्य पार्वती विशुन्खेले जनप्रतिनिधिलाई डोजर मालिक नबन्न सुझाव दिएकी छिन् ।
“जनप्रतिनिधि आफैँले डोजर किनेर काम गर्नु राम्रो होइन”, सांसद विशुन्खेले भनिन्, “जनप्रतिनिधिले डोजर मालिक बनेर आफैँले बनाएको नीति नियम मिच्नु हुँदैन ।”
दैलेखको नौमूले गाउँपालिकामा आयोजित स्थानीय तहका जनप्रतिनिधिसँगको भेटघाट कार्यक्रममा सांसद विशुन्खेले भनिन्, “जनप्रतिनिधि नै डोजर मालिक बनेपछि स्थानीय तहबाट गरिने योजना कार्यान्वयनमा समस्या आउँछ ।”
सङ्घीय संसद्को सार्वजनिक लेखा समितिको सदस्यसमेत रहेकी सांसद विशुन्खेले अर्को प्रसङ्गमा भनिन्, “सुखी नेपाली, समृद्ध नेपालको गन्तव्यतर्फ मुलुक अघि बढिरहेको छ, अब कोही दुःखी हुनु पर्दैन, सरकारले परिणाम देखिने गरी काम गरिरहेको छ ।”
सरकारले एक जिल्ला हुँदै अर्को जिल्ला जोड्ने सडक सञ्जाल निर्माणलाई विशेष प्राथमिकता दिएको उल्लेख गर्दै उनले भौतिक पूर्वाधारसँगै सामाजिक रुपान्तरणको आवश्यकता औँल्याइन् ।
महालेखा परीक्षकको कार्यालयका निर्देशक निर सुवेदीले आर्थिक अनुशासन कायम गर्नुपर्नेमा जोड दिदैं आन्तरिक आय बढाउनतर्फ ध्यान दिन स्थानीय तहलाई सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
-
१० बजे १० समाचार : संवादहीनता तोड्दै प्रधानमन्त्रीदेखि रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दलसम्म
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवाद : प्रियंकाले मागिन् माफी
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण