तस्बिरमा हेर्नुहोस् बालाजुको बाइस धारा मेलाको रौनक
ऐतिहासिक महत्व बोकेको काठमाडौंको बालाजु स्थित बाइस धारामा विशेष मेला लागेको छ । मेला भर्न बिहानैदेखि भत्तजनहरुको घुइचो लागेको छ ।
वैशाख पुर्णिमाका दिन लाग्ने यो मेलामा विभिन्न जिल्लाहरुबाट भक्तजनहरु बाइसधारा आउने गर्दछन् ।
मल्लकालका अन्तिम मल्ला राजा जयपप्रकाश मल्लले करिब ३ सय बर्ष अघि बनाएका हुन् ।
आजको दिन मन्नादी देवीको जन्म भएकाले महिलाले बाइस धारामा नुहाईधुवाई गरेमा लाभ प्राप्त हुने विश्वास रहेको छ ।

नागार्जुनको वनमा एक किसिमको ल्हुति भन्ने फल फल्ने गरेको र ती फलको रस मिसिएर त्यहाँबाट बग्ने पानीमा मिसिई बाइसधारामा आउने भएकाले विशेषगरी छालासम्बन्धी रोग निको पार्न त्यहाँ नुहाउने गरिएको हो भन्ने भनाइ छ।
यो धाराको मुहान नुवाकोट पर्वतँग जोडिएको भनिन्छ। देवीघाटको पानी यहाँ आउने र सो पानीले नुहाएमा अनेकौ चर्मरोग निको हुने हुन्छ भन्ने किंवदन्ती छ। त्यस्तै अर्को एक यस क्षेत्रका शीतलामाई र गुहृयेश्वरीको पूजा अर्चना गर्दा बिफर रोग लाग्दैन भन्ने भनाइ छ। यही विश्वासमा यहाँ यस दिन भक्तजनको ठूलो भीड लाग्ने गर्दछ।
















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरले अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियालाई स्वचालित बनाउने
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
-
काठमाडौँले अन्तर्राष्ट्रियस्तरको काठमाडौँ फिल्म फेस्टिभलको आयोजना गर्ने
-
रास्वपा कैलाली जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र परिणाम बदर
-
राप्रपाको खाने र देखाउने दाँत फरक छ : धवलशमशेर राणा
-
६५ हजारमा आईफोन-१५ प्रो म्याक्स दिने प्रलोभन दिएर २ सय जनालाई ठगी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण