देशभरका ५० लाख २५ हजार ३८३ बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
आजदेखि बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउन सुरु गरिएको छ ।
वैशाख ६ र ७ गते दुई दिन सञ्चालन हुने राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि कार्यक्रममा देशभरका ५० लाख २५ हजार ३८३ जना बालबालिकालाई खुवाइने सरकारको योजना रहेको छ ।
भिटामिन ‘ए’ ६ महिना देखि ५ वर्षसम्मका बालबालिकालाई खुवाइने छ भने जुकाको औषधि १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई खुवाइने छ ।
राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम २६ लाख ६८ हजार ५ सय ४० जना र जुकाको औषधि २३ लाख ५६ हजार ८ सय ४३ जना बालबालिकालाई खुवाइने नेपाल सरकार भिटामिन ‘ए’ कार्यक्रमका केदार पराजुलीले जानकारी दिए ।
भिटामिन ‘ए’ कार्यक्रमसँगै बालबालिकाको पाखुराको नाप लिने काम पनि भइरहेको छ । बालबालिकाका पाखुराको नाप लिने क्रममा रातो, पहेँलो र हरियो रंगको चिन्ह राखिएको छ ।
बालबालिकाको स्वास्थ्यमा धेरै समस्या छ भन्ने रातो चिन्हले जनाउँछ भने पहेँलो चिन्हले बालबालिकालाई पोषण नमिलेको जानकारी दिन्छ । यस्तै हरियो चिन्हले बालबालिकाको स्वास्थ्य अवस्थामा सामान्य रहेको भन्ने बुझिन्छ ।
भिटामिन ‘ए’ कार्यक्रममा पाखुरा नाप्ने क्रममा रातो चिन्ह देखिएको बालबालिकालाई तुरुन्त उपचारमा पठाइने छ । अविभावकलाई पोषणको बारेमा पनि जानकारी गराइने छ ।
यसैदौरान बालबालिकालाई पोषणतत्व बालभिटा वितरण कार्यक्रम पनि रहेको छ ।
दुई दिने भिटामिन ‘ए’ कार्यक्रममा ७ देखि ८ करोड बराबरको बजेट लाग्ने सरकारको अनुमान छ ।
हाल देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउनको लागि ३६ हजार बुथमा स्वयम्सेविका खटाइएको छ ।
करिब ५२ हजार स्वयसेविका परिचालन गरिएको भिटामिन ‘ए’ कार्यक्रमका केदार पराजुलीले रातोपाटीलाई जानकारी दिए ।
भिटामिन ‘ए’ ले बालबालिकालाई पु¥याउने फाईदा
हाल देशभरका ५३ प्रतिशत बालबालिकामा रक्तअल्पताको समस्या रहेको छ । भिटामिन ‘ए’ ले बालबालिकामा हुने रक्तअल्पतालाई कम गर्दछ ।
साथै भिटामिन ‘ए’ ले बालबालिकामा रोगसँग लड्न सक्ने २५ प्रतिशत क्षमताबृद्धि गर्दछ । यस्तै भिटामिन ‘ए’ बालबालिकालाई नियमित खुवाउँदा बालबालिकामा हुने मुत्युदरमा २५ प्रतिशत कम हुने अपेक्षा गरिएको छ । साथै बालबालिकालाई कुपोषण हुन नदिने, रतन्धोबाट बचाउने, पुड्कोपनलाई कम गराउन भिटामिन ‘ए’ को निकै ठूलो भूमिका हुन्छ ।
बालबालिकालाई जुकाको औषधिको रुपमा दिइने औषधिले बालबालिकाको पेटमा भएको अंकुसे किरालाई मार्ने काम गर्दछ ।
सो किराले बालबालिकाको पेटमा बसेर प्रत्येक दिन ०.०५ एमएल रगत चुस्ने हुदा बालबालिकाको शरीरमा रगतको कमी हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसरी बन्यो नेपाली ‘हरर’ फिल्म ‘मम्मी’ ?
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री ओलीको चीन भ्रमणदेखि दुर्गा प्रसाईंलाई थप हिरासतमा राख्न अनुमतिसम्म
-
सामाजिक सञ्जाल प्रयोगबारे टिकटकले चलायो छलफल
-
सामाजिक सञ्जालमा एमालेविरुद्धको कुप्रचारले चुनावी परिणामलाई प्रभावित गर्यो : महासचिव पोखरेल
-
१० बजे १० समाचार : प्रमको चीन भ्रमणको चर्चादेखि उपनिर्वाचनको हलचलसम्म
-
टिकटकले नेपालमा हटायो ६ हजार ७८ भिडियो