'ठूलो माछा कता छ ? सिंहदरबार जता छ !' (फोटोफिचर)
काठमाडौं– रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले शनिबार राजधानीको माइतीघरमा प्रदर्शन गरेको छ ।
बालुवाटार र हायात जग्गा प्रकरणमा देखिएका अनियमिततामा संलग्न दोषीहरुलाई कारवाहीको दायरामा ल्याउन सरकारलाई दबाब दिने उद्देश्यले पार्टीले माइतीघरमा प्रदर्शन गरेको हो ।
शनिबारको प्रदर्शनमा सहभागि भएकाहरुले ‘ठूलो माछा कता छ ? सिंहदरबार जता छ !’, ‘भ्रष्टाचार जेल परुन्’, ‘भ्रष्टाचारी देखिए, सरकार देखिएन’, ‘समाजवाद नांगियो, माफियातन्त्र झांगियो’, बालुवाटार बेच्नेले सिंहदरबार पनि बेच्लान्’ जस्ता प्लेकार्ड बोक्दै सरकारविरुद्द नाराबाजी गरेका थिए ।
माइतीघरबाहेक विवेकशील साझाले देशका अन्य स्थानमा पनि प्रदर्शन गरेको जनाइएको छ ।
भष्ट्रचार विरुद्दका अनेकौं अभियानहरु गर्दै आएको विवेकशील साझा पार्टीले हालै सार्वजनिक भईरहेका भष्ट्रचार सम्बन्धी घटनाहरुप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरले अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियालाई स्वचालित बनाउने
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
-
काठमाडौँले अन्तर्राष्ट्रियस्तरको काठमाडौँ फिल्म फेस्टिभलको आयोजना गर्ने
-
रास्वपा कैलाली जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र परिणाम बदर
-
राप्रपाको खाने र देखाउने दाँत फरक छ : धवलशमशेर राणा
-
६५ हजारमा आईफोन-१५ प्रो म्याक्स दिने प्रलोभन दिएर २ सय जनालाई ठगी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण