नेकपाले यसरी सम्झियो पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहनलाई
सरलपन, आदर्श र निष्ठाका प्रतिमुर्ति मानिने नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री तथा नेकपा एमालेका पूर्व अध्यक्ष मनमोहन अधिकारीको २० औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
विसं १९७८ सालमा काठमाडौमा जन्मेका अधिकारीको २०५६ साल वैशाख १३ गते निधन भएको थियो ।
लामो राजनीतिक संघर्षको क्रममा उनले १७ वर्ष जेल जीवन बिताएका थिए । पढाइको सिलसिलामा भारतको बनारसमा रहँदा भारत छोडो आन्दोलनमा सहभागी हुँदा अधिकारी बनारसमा जेल परेका थिए । जेलमा भारतीय कम्युनिष्ट नेतासँगको सम्पर्कमा रहेर उनी कम्युनिष्ट पार्टीमा संगठित भएका थिए ।
२००३ सालमा विराटनगरमा भएको मजदूर हडतालको नेतृत्व गरेका अधिकारी २०५१ सालमा देशको पहिलो कम्युनिष्ट प्रधानमन्त्री बनेका थिए । मनमोहनले नेपाल कम्युनिष्टको सरकार सफल मात्र होइन काम गर्न पनि सक्षम हुन्छ भन्ने प्रमाणित गरिदिएका थिए ।
यसै क्रममा शुक्रबार ललितपुरको सानेपास्थित मनमोहन प्रतिष्ठानमा आयोजित कार्यक्रममा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली, नेकपाका वरिष्ठ नेता झलनाथ खनाल, महासचिव विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा लगायतका नेताहरुले स्वर्गीय अधिकारीको शालिकमा माल्यपर्ण गरेका छन् ।










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरले अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियालाई स्वचालित बनाउने
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
-
काठमाडौँले अन्तर्राष्ट्रियस्तरको काठमाडौँ फिल्म फेस्टिभलको आयोजना गर्ने
-
रास्वपा कैलाली जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र परिणाम बदर
-
राप्रपाको खाने र देखाउने दाँत फरक छ : धवलशमशेर राणा
-
६५ हजारमा आईफोन-१५ प्रो म्याक्स दिने प्रलोभन दिएर २ सय जनालाई ठगी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण