बानेश्वरमा जलाइयो नागरिकतासम्बन्धी गृहमन्त्रालयको परिपत्र, प्रहरी र प्रदर्शनकारीबीच झडप
विभिन्न राजनीतिक दलको अगुवाइमा नागरिकता विधेयककाविरूद्ध काठमाडौँमा भएको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।
काठमाडौको माइतीघर मण्डलामा भेला भएर प्रदर्शनसहित बानेश्वरतर्फ जाने क्रममा प्रहरीले हस्तक्षेप गर्न खोज्दा झडप भएको राष्ट्रिय जनमोर्चाका नेता चित्र बहादुर केसीले जानकारी दिए ।
उनले विदेशीलाई खुला रुपमा वंशजको नागरिकता दिनेगरी विधेयक बनाएकाले आन्दोलन गर्नुपरेको भन्दै तत्काल विधेयक खारेज नगरे थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने बताए ।
प्रदर्शनमा राष्ट्रिय जनमोर्चा, नेकपा मसाल, नेकपा माले, जनसमाजवादी पार्टी नेपाल, माथिल्लो कर्णाली बचाऔँ राष्ट्रिय अभियान, राष्ट्रिय जागरण परिषद नेपाल लगायतका राजनैतिक पार्टी र संघसस्थाको नेता कार्याकर्ता सहभागी थिए ।
त्यसैक्रममा उनीहरुले नयाँबानेश्वर चोकमा गत चैत्र १९ गते जन्मसिद्ध नागिरकका सन्तानलाई वंशजको आधारमा नागरिकता दिनु भनि गृहमन्त्रालयबाट जारी परिपत्र जलाएका छन् ।
विधेयककाविरूद्ध प्रदर्शन गरेका ती दलले गृहको परिपत्र जलाएपछि नयाँबानेश्वर चोकमा कोणसभा गरेका छन् ।
















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरले अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियालाई स्वचालित बनाउने
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
-
काठमाडौँले अन्तर्राष्ट्रियस्तरको काठमाडौँ फिल्म फेस्टिभलको आयोजना गर्ने
-
रास्वपा कैलाली जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र परिणाम बदर
-
राप्रपाको खाने र देखाउने दाँत फरक छ : धवलशमशेर राणा
-
६५ हजारमा आईफोन-१५ प्रो म्याक्स दिने प्रलोभन दिएर २ सय जनालाई ठगी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण