हामीलाई ‘मजदुर दिवसको’ मतलबै छैन !
आज १३० औँ अन्तर्राष्ट्रिय मजदुर दिवस । यो दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । ‘विश्वका मजदुर एक हौँ’ भनेर मनाइने यो दिवसका अवसरमा काठमाडौ उपत्यका लगायतका स्थानमा भव्य कार्यक्रमहरु भइरहेका छन् ।
तिनै कार्यक्रममा मजदुर नेतादेखि विभिन्न राजनीतिक दलका नेताहरुले चर्का भाषण गरेका छन् ।
त्यस्ता भाषणमा मजदुरले गर्ने श्रमको उचित सम्मान, पारिश्रमिक र समान सेवा सुविधाका कुरा समेटिन्छन् । तर, खास मजदुर जो दिनभर काम नगरी बिहान बेलुका हातमुख जोर्न बाध्य छन् – उनीहरुलाई भने मजदुर दिवसको कुनै मतलब छैन ।

हामीले वास्तविक मजदुरलाई यो दिवसले छोएको छ या छैन भनेर काठमाडौको टेकु, कालिमाटी–विष्णुमति, न्युरोड र बसन्तपुरमा दैनिक ज्याला मजदुरी गर्ने मजदुरहरुलाई सोध्यौँ–‘तपाइलाई आज मजदुर दिवस भन्ने थाहा छ ?’ जवाफमा उनीहरुले भने, ‘दिवसको के मतलब, काम नगरी खान पाइन्छ ?’ भन्दै प्रतिपश्न गरे । उनीहरु प्रायः सबैको एउटै जवाफ थियो ‘काम नगरी खानेहरुमात्रै नारा जुलुसमा हिँड्छन्, दिवस मनाउँछन् । हामी जस्ता कामदार जुलसमा गएर भरे के खाने ? त्यही भएर जुलुस भन्दा काम नै प्यारो छ ।’













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरले अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियालाई स्वचालित बनाउने
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
-
काठमाडौँले अन्तर्राष्ट्रियस्तरको काठमाडौँ फिल्म फेस्टिभलको आयोजना गर्ने
-
रास्वपा कैलाली जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र परिणाम बदर
-
राप्रपाको खाने र देखाउने दाँत फरक छ : धवलशमशेर राणा
-
६५ हजारमा आईफोन-१५ प्रो म्याक्स दिने प्रलोभन दिएर २ सय जनालाई ठगी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण