फोन निकाल्ने चक्करमा ट्वाइलेटमा फस्यो हात
मानिसहरुलाई मोबाइल फोनको यस्तो लत लागिसकेको छ कि यसबिना एक मिनेट पनि मानिस बस्न सक्दैनन् । यसै लतले एक युवकलाई ठूलो मुश्किलमा फसाएको छ ।
वास्तवमा उत्तर पूर्वी टर्कीमा एक व्यक्तिको फोन ट्वाइलेट पटमा खस्यो । फोन निकाल्नका लागि जब उनले आफ्नो हात पटमा हाले तब उनको हात भित्रै अड्कियो । उनको हात यति नराम्रोसँग भित्र फस्यो कि त्यसलाई निकाल्नका लागि दमकलकर्मीलाई बोलाउनु पर्यो ।
यी युवक एक अस्पतालको शौचालय प्रयोग गरिरहेका थिए । त्यहाँ कोमोड नभई सामान्य शौचालय थियो । शौच गर्नेबेला युवकको स्मार्टफोन ट्वाइलेटको प्वालमा खस्यो । त्यसलाई निकाल्नका लागि युवकले प्वालभित्र हात हाले । जब उनले माथि नै मोबाइल फाने पाएनन् तब सुतेर आफ्नो पूरै हात प्वालभित्र छिराएर फोन खोज्न सुरु गरे । धेरैबेर खोजेपछि पनि फोन भेटिएन । युवकको समस्या त्यतिमा मात्र सिमित भएन । धेरै बेरसम्म फोन खोज्दा पनि नपाएपछि तब उनले आफ्नो हात निकाल्ने प्रयास गरे । भित्रसम्म हात छिराएकाले उनको हात फसिसकेको थियो र निकै बल लगाउँदा पनि बाहिर निस्किरहेको थिएन ।
समस्यामा परेपछि उनले मद्दतका लागि चिच्याए । उनको आवाज सुनेपछि केही बिरामीले अस्पताल प्रशासनलाई यसबारे जानकारी दिए । युवकको मद्दतका लागि अस्पतालले दमकल विभागसँग मद्दत माग्यो । एक घण्टाको संघर्षपछि उनको ट्वाइलेटभित्र फसेको हातलाई बाहिर निकाल्न सफल भए । यसका लागि उनीहरुले विशेष उपकरणको प्रयोग गरेर शौचालयको प्वाललाई ठूलो बनाइयो । युवकलाई चोट नलागोस् भनेर पनि उनीहरु सचेत रहे । दमकल कर्मचारीले सबैभन्दा पहिले उनको अनुहार र शरिरलाई कोटले ढाके ।
निकै समस्या झेलेपनि युवकको अनुहारमा मुस्कान थियो । युवकले दमकलकर्मीहरुलाई पटक पटक धन्यवाद भने । अस्पतालले उनको हातमा मलमपट्टी गर्यो । तर उनको फोन भने भेटिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५ हजार शुल्क महँगो भएको प्रतिनिधिको गुनासो, तर भन्छन्, ‘भ्रष्टाचार रोक्न आफैँ खर्च गर्छौं’
-
लागुऔषधसहित वडासदस्य जैरू पक्राउ
-
वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण