तस्विरमा हेर्नुहोस् रमजानको रमझम
काठमाडौं– मुस्लिम धर्मावलम्बीको एक महीना लामो रमदान (रमजान) व्रत जारी छ । हिजरी पात्रोअनुसार नवौँ महीनामा यो व्रत पर्ने नेपाल जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी दिए ।
हिजरी चन्द्रमाका आधारमा निर्माण गरिने पात्रो हो । हिजरी पात्रोअनुसार नवौँ महीनाको नाम रमदान हो । महीनाकै नामबाट मनाउन शुरु गरिएको यो पर्वलाई हाल रमजान पनि भनिन्छ ।
रमदान महीनाभर मुस्लिम समुदायका मानिस बिहान सूर्योदयअघि नै खाना खाई बेलुकी सूर्यास्तपछि मात्र खाना खान्छन् । सूर्योदयपछि सूर्यास्तसम्म खाना खान नहुने मुस्लिम धर्मशास्त्रीय मान्यता छ । यसरी व्रत बसेका मानिसले महीनाभर नमाज, कुरानलगायत धार्मिक ग्रन्थ पाठ गर्छन् । गरीब, दीनदुःखीलाई दान गर्छन् ।
हिजरी पात्रोअनुसार महिना प्रायः २९ वा ३० दिनका हुन्छन् । यो महीनाको २९ औँ दिन बेलुकी चन्द्रमा देखियो भने ३० औँ दिन इद पर्व पर्छ । ३० औँ दिन बेलुकी चन्द्रमा नदेखिए पनि ३१औँ दिन अर्को महीना शुरु हुने भएकाले इद पर्व मनाइन्छ ।
यस पर्वका अवसरमा घण्टाघरस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद, मदरसालगायत धार्मिक स्थलमा पूजा पाठ गरिन्छ । नेपालमा २०६८ को जनगणनाअनुसार १२ लाख मुस्लिम छन् । मुस्लिम समुदाय ७७ वटै जिल्लामा फैलिएको राष्ट्रिय मुस्लिम आयोगले जनाएको छ ।














खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरले अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियालाई स्वचालित बनाउने
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
-
काठमाडौँले अन्तर्राष्ट्रियस्तरको काठमाडौँ फिल्म फेस्टिभलको आयोजना गर्ने
-
रास्वपा कैलाली जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र परिणाम बदर
-
राप्रपाको खाने र देखाउने दाँत फरक छ : धवलशमशेर राणा
-
६५ हजारमा आईफोन-१५ प्रो म्याक्स दिने प्रलोभन दिएर २ सय जनालाई ठगी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण