शताब्दी पुरुष सत्यमोहन जोशीलाई सम्मान गर्दा जे देखियो (फोटोफिचर)
ललितपुर– शताब्दी पुरुष सत्यमोहन जोशीलाई ललितपुरमा नगर परिक्रमासहित सम्मान गरिएको छ । सोमबार सय वर्षमा प्रवेश गरेका शताब्दी पुरुष जोशीलाई ललितपुर महानगरपालिकाको आह्वानमा बग्गीमा राखेर नगरपरिक्रमासहित सम्मान गरिएको हो । नगरपरिक्रमापछि आयोजित समारोहमा सरकारको तर्फबाट कार्यवहाक प्रधानमन्त्री ईश्वर पोखरेलले उनलाई सम्मानपत्र प्रदान गरेका थिए ।

नेपालको कला, भाषा, इतिहास, संस्कृति र साहित्यको क्षेत्रमा पु¥याएको योगदानको स्मरण गर्दै सरकारले उनलाई सम्मानपत्र हस्तारण गरेको हो । कार्यक्रममा कार्यवहाक प्रधानमन्त्री पोखरेलले शताब्दी पुरुष जोशीलाई दोसल्ला समेत ओडाएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवहाक प्रधानमन्त्री पोखरेलले उनलाई नेपालको जीवन्त सम्पदाको संज्ञा दिए । उनले त्यसअवसरमा जोशीको दीर्घायू र चिरायूको कामना पनि गरे ।

त्यसअवसरमा जोशीद्धारा लिखित ६ वटा पुस्तकको पनि सार्वजनिक गरिएको थियो । कार्यक्रममा बोल्दै शताब्दी पुरुष जोशीले आफूलाई दया, माया गरेर सबैले सम्मान गरेकोमा आभार व्यक्त गरे । उनले मुलुकलाई समृद्ध बनाउने अभियानलाई साकार बनाउन संस्कृतिको विकासमा जोड दिन पनि सबैलाई आह्वान गरे ।

नेपालको भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा उल्लेख्य योगदान पुर्याएका जोशीको सय दिन प्रवेशको अवसर पारेर ललितपुर महानगरपालिकाले सोमबार सार्वजनिक विदा समेत दिएको थियो ।









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरले अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियालाई स्वचालित बनाउने
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
-
काठमाडौँले अन्तर्राष्ट्रियस्तरको काठमाडौँ फिल्म फेस्टिभलको आयोजना गर्ने
-
रास्वपा कैलाली जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र परिणाम बदर
-
राप्रपाको खाने र देखाउने दाँत फरक छ : धवलशमशेर राणा
-
६५ हजारमा आईफोन-१५ प्रो म्याक्स दिने प्रलोभन दिएर २ सय जनालाई ठगी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण