कीर्तिमानी आरोही कामिरिता शेर्पा ओर्लिए काठमाडौं, एयरपोर्टमा देखियो यस्तो खुसीयाली (फोटोफिचर)
काठमाडौं । २४ पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान बनाएका साहसिक आरोही कामिरिता शेर्पा शनिबार काठमाडौँ आइपुगेका छन् ।
उनी लुक्काबाट हेलिकप्टरमा त्रिभुवन विमानस्थलमा उत्रिदा आफन्त तथा समर्थकले खुसी मनाउँदै भव्य स्वागत गरेका थिए । विशेषगरी शेर्पा समूदाय उनलाई खादा लगाएर सम्मान गर्न लामबद्ध देखिन्थे । उनको भव्य स्वागतपछि राष्ट्रिय झण्डासहितको गाडीमा राखेर निवासतर्फ लगिएको थियो ।
कामिरिताले जेठ ७ गते सगरमाथाको २४ औँ पटक सगरमाथाको सफल आरोहण गरेका थिए । त्यसको एक साताअघि पनि उनले सगरमाथाको सफल आरोहण गरेका थिए ।
लामो समयदेखि आरोहण क्षेत्रमा रहेका सोलुखुम्बु थामेका ४९ वर्षीय शेर्पाले सबैभन्दा धेरै पटक सगरमाथा चढेर विश्व रेकर्ड समेत बनाएका छन् ।
सन् १९९४ मा पहिलोपटक सगरमाथाको आरोहण गरेका कामीरिताले २५ पटक चुचुरोमा पुगेपछि आराम गर्ने बताएका छन् । शेर्पाले आरोहण कठिन हुने भए पनि आफूलाई सामान्य लाग्ने प्रतिक्रिया दिने गरेका छन् ।














खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरले अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियालाई स्वचालित बनाउने
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
-
काठमाडौँले अन्तर्राष्ट्रियस्तरको काठमाडौँ फिल्म फेस्टिभलको आयोजना गर्ने
-
रास्वपा कैलाली जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र परिणाम बदर
-
राप्रपाको खाने र देखाउने दाँत फरक छ : धवलशमशेर राणा
-
६५ हजारमा आईफोन-१५ प्रो म्याक्स दिने प्रलोभन दिएर २ सय जनालाई ठगी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण