मोदीको शपथ समारोहमा सहभागी भएर स्वदेश फर्किए प्रधानमन्त्री ओली (फोटोफिचर)
प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी भई स्वदेश फर्किएका छन् ।
प्रधानमन्त्री ओली भारतीय प्रधानमन्त्री मोदीको सपथ ग्रहण समारोहमा सहभागी भएर शुक्रबार अपरान्ह स्वदेश फर्किएका हुन् ।
ओली बिहीबार बिहान मोदीको सपथग्रहण समारोहमा सहभागी हुन भारत प्रस्थान गरेका थिए ।
प्रधानमन्त्री ओलीलाई प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, पूर्व सभामुख सुवाष नेम्वाङलगायतले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
त्यस अवसर प्रधानमन्त्री ओलीलाई नेपाली सेनाले सलामी समेत अर्पण गरेको थियो ।

प्रधानमन्त्री ओलीले स्वदेश फर्कनु अघि शुक्रबार विहान हैदराबाद हाउसमा भारतीय समकक्षी मोदीसँग भेटवार्ता पनि गरेका थिए ।
भेटवार्तामा दुवै मुलुकका प्रधानमन्त्रीले नेपाल–भारत सम्बन्धलाई अझैँ सुमधुर बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।
दोस्रो कार्यकालको लागि मोदीलाई रुद्राक्षको माला दिँदै प्रधानमन्त्री ओलीले बधाई समेत दिएका थिए ।
मोदीको सपथग्रहण समारोहमा प्रधानमन्त्री ओलीसहित विमस्टेक सदस्य राष्ट्रका राष्ट्रप्रमुख र सरकार प्रमुखहरुको सहभागिता रहेको थियो । 











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरले अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियालाई स्वचालित बनाउने
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
-
काठमाडौँले अन्तर्राष्ट्रियस्तरको काठमाडौँ फिल्म फेस्टिभलको आयोजना गर्ने
-
रास्वपा कैलाली जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र परिणाम बदर
-
राप्रपाको खाने र देखाउने दाँत फरक छ : धवलशमशेर राणा
-
६५ हजारमा आईफोन-१५ प्रो म्याक्स दिने प्रलोभन दिएर २ सय जनालाई ठगी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण