कि तानाशाह जन्मिन्छ कि जनविद्रोह हुन्छ
'कतै गरेको कबुलियतनामाअनुसार चुनाव सारियो'
काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजपाको मागअनुसार नभइ कतै गरेको कबुलियतनामा अनुसार सरकारले चुनाव सारेको आरोप लगाएका छन् ।
प्रगतिशील ब्यवसायिक वकिल एशोशिएसन (पीपीएलए) ले शुक्रबार राजधानीमा गरेको भेटघाट तथा छलफल कार्यक्रममा ओलीले राजपाले चुनावमा भाग लिने अवस्था आएपछि चुनाव सारिएको पनि आरोप लगाए । उनले चुनाव गराउनुपर्यो भन्ने नाममा सरकारले नै हिमाल, पहाड, तराईमा विखण्डन ल्याउन खोजेको आरोप पनि लगाए ।
कि तानाशाह कि जनविद्रोह
एमाले अध्यक्ष ओलीले अहिलेकै अवस्था रहिरहेका जनविद्रोह हुने चेतावनी दिए । सरकार तानाशाही ढंगले अघि बढ्दै गएमा जनविद्रोह हुने चेतावनी दिए पनि ओलीले जनविद्रोहको नेतृत्व कसले गर्छ भन्ने खुलाएनन् । ‘सरकार तानाशाही ढंगले चलिरहेको छ’, ओलीले भने, ‘कि तानाशाह जन्मिन्छ कि जनविद्रोह हुन्छ ।’ राज्यका निकायलाई कमजोर बनाएर सरकार तानाशाहीकरणतर्फ गइरहेको ओलीको आरोप थियो ।
महान्यायाधीवक्ताको खल्तीमा माओवादीको नारा
एमाले अध्यक्ष ओलीले महान्यायाधीवक्ता खल्तीमा माओवादीको नारा हुने गरेको भन्दै आलोचना गरे । बारबाट न्यायको कुनै अपेक्षा नभएको भन्दै ओलीले महान्यायाधीवक्तामाथि राजनीतिक पार्टीका कार्यकर्ता भएको आरोप लगाए ।
राजाले कुकुर मारेर खाएको कथासमेत सुनाउन भ्याएका ओलीले भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयको पनि विरोध गर्न छाडेनन् । सत्ताको दुरुपयोग गर्दै ओलीले काँग्रेस–माओवादी गठबन्धन सरकारले न्यायको हुर्मत लिएको पनि टिप्पणी गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानालाई दश लाख सहयोग
-
तस्बिरमा हेर्नुहोस् दोस्रो लाङटाङ ट्रेल रन
-
अनेक सङ्घर्ष छिचोल्दै सुदूरपश्चिमकै पहिलो महिला डिभिजनल वन अधिकृत बनिन् निर्मला
-
होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
-
'खान सर'विरुद्ध एफआईआर दर्ता, पक्राउको सम्भावना
-
उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेन: पूर्वअर्थमन्त्री पाण्डे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण