विप्लव कार्यकर्ता पक्राउ प्रकरणमा नयाँ ट्विस्टः अदालत छोड्ने, प्रहरी पक्रिने
पोखरा– गएको जेठ २५ गते कास्कीको अन्नपूर्ण गाउँपालिका ११ उरिबाट पक्राउ परेका विप्लव कार्यकर्ता पक्राउ प्रकरणमा नयाँ ट्विस्ट् थपिएकोे छ । थुनामुक्त भएको ५ घण्टा नबित्दै पक्राउ परेका उनीहरु पुन रिहा हुँदा समेत प्रहरी घेराबन्दीमा परेका छन् ।
बिहीबार रिहा हुने आदेश पाएलगत्तै समातिएका उनीहरु मंगलबार पुन अदालतबाट छाड्ने आदेश पाएका थिए । मानवअधिकारकर्मी, इन्सेक र बारको रोहबरामा छाडिएका उनीहरुलाई समात्न प्रहरी तम्तयार भएर बसेका छन् ।
मंगलबार उच्च अदालत पोखराले मानवअधिकार कास्कीका अधिकृत ज्योतीप्रसाद घिमिरे , टंक खनाल र नेपाल बार एशोसिएसन उच्च अदालतका अध्यक्ष रोहितराज बास्तोलाको रोहबरमा छाडेको थियो । अदालतले छोड्ने आदेश दिएलगत्तै पुनः प्रहरी पक्रन तैनाथ राखिएको अदालत निकट स्रोतले बताएको छ ।
गैरकानुनी तरिकाले पक्राउ गरिएको भन्दै बन्दीका आफन्तले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । रिटमाथि सुनुवाई गर्दै न्यायाधीश यज्ञप्रसाद बराल र डालकुमार खड्काको इजलाशले पक्राउ परेका जंगबहादुर भण्डारी, प्रकाश बास्तोला, गगन परियार, सुजन सापकोटा, सन्तोष विक, काजी गुरुङ, आस्था नेपाली, राजन साउद, र मिलन राइलाई निर्दोष करार गर्दै छोड्न आदेश दिएको थियो ।
मंगलबारको फैसलामा निवेदकको तर्फबाट रोहितराज बास्तोला, सन्तोष कोइराला, मिना कुमारी रानाभाट, हिमलाल पराजुली, ईश्वर चिलवाल, सन्तोषमणि लामिछाने र डिल्लीराम अधिकारीले बहस गरेका थिए भने विपक्षीमा उपन्यायाधिवक्ता प्रेमराज पौडेलले बहस गरेका थिए । बहसपछि उच्चले तुरुन्त छोड्न आदेश दिएको थियो ।
बिहीबार राती बाह्र बजे पक्राउ गरि उनीहरुलाई डाँडाको नाक प्रहरी चौकी पु¥याइएको थियो । उच्चले उक्त जानकारी जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रहरी कार्यालय डाँडाको नाकलाई पनि पठाईसकेको छ ।
थुनामक्त भएपनि उनीहरु अदालत परिसरमै छन् । स्रोतका अनुसार उनीहरुलाई पुन समात्न जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी तैनाथ गराइएको छ । अदालतले थुनामुक्त गर्न आदेश दिएको ५ घण्टा भित्रमा उनीहरु पक्राउ परेका थिए । उच्च अदालत बार एशोसियसनले घटनाको विरोध गर्दै यही आइतबार जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख चक्रबहादुर बुढालाई ज्ञापनपत्र समेत बुझाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण