किन करिश्माले ६ कक्षा मात्रै पढिन् ?
कपूर परिवारकी मेधावी छोरी करिश्मा कपूरले बलिउडमा आफ्नै पहिचान त बनाइन् तर उनले आफ्नो शैक्षिक करियर भने राम्रो बनाउँन सकिनन् । उनले आफूलाई दिइएका सबै फिल्मको भूमिका निकै सफल तरिकारले निभाएकी छिन् । उनको पिता रणधीर कपूर र आमा बबीताको पदचापलाई पछ्याउँदै उनले फिल्ममा कदम राखिन् । र सफल पनि भइन् ।
कक्षा ६ मात्रै पढिन्
करिश्माले माता र पिता रणधीर कपूर र बबीताबीचको दरारको कारण बालापन निकै तनावमा गुजारिन् । यसैबीच उनले आफ्नो पढाई बीचमै छाडिन् । उनले मात्रै कक्षा ६ पास गरिन् ।
‘प्रेम कैदी’ पहिलो फिल्म
१७ वर्षमै करिश्माले फिल्म ‘प्रेम कैदी’ बाट बलिउडमा पाइला राखिन् । शुरुवातीमा उनले फिल्ममा गरेको कामबाट राम्रो प्रतिक्रिया पाउन सकिनन् । उनले नयाँ स्टारको लागि बलिउड निकै कठिन यात्रा भएको समेत उल्लेख गरेकी थिइन् । त्यसपछि उनले ‘राजा बाबू’ मा गरेको अभिनयले उनलाई धेरै राम्रो प्रतिक्रिया प्राप्त गर्न सहयोग गर्यो ।
‘राजा हिन्दुस्तानी’ बाट सफल
सन् १९९६ मा करिश्माले इतिहास रचिन् । उनले अमिर खानसँग फिल्म ‘राजा हिन्दुस्तानी’ मा काम गरिन् । जुन त्यो समयकै सबैभन्दा चर्चित फिल्म बन्न सफल भयो । उनलाई उक्त फिल्मबाट फिल्मफेयरको बेस्ट अवार्ड पनि प्राप्त भयो ।
विवाह
करिश्मा कपूरको अभिषेक बच्चनसँग विवाह टुट्यो । र उनले २००३ मा चर्चित व्यवसायी सञ्जय कपूरसँग विवाह गरिन् । एक छोरा र एक छोरीको आमा बनिसकेकी करिश्मा र सञ्जयबीच खटपट पैदा भयो र उनीहरुको अन्ततः सम्बन्धविच्छेद भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अघिल्लो वर्षको तुलनामा बढ्यो राजश्व संकलन, अनुदानमा पनि वृद्धि
-
कोरला नाका जोड्ने (छुसाङ–घमी) सडकको कालोपत्रका लागि ठेक्का आह्वान
-
अर्जेन्टिनाको खेल नसकिँदै थामिएन गुगल सर्चको ट्राफिक, एकैदिन बन्यो नयाँ कीर्तिमान
-
बस्ती खाली गर्नुलाई नै बहादुरी ठानियो, विस्थापितको पुनर्स्थापना खोइ ? : शंकर पोखरेल
-
सुखद सम्बन्धका लागि जीवनसाथीसँग गर्नैपर्ने ६ कुराकानी
-
स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण