शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

कपिल शर्माले तरबार लिएर किकू र कृष्णाको पछि लागे, कार्यक्रम छोडेकोमा यसरी पोखे रिस

आइतबार, १५ असार २०७६, ०९ : २७
आइतबार, १५ असार २०७६

कपिल शर्माको शो ‘द कपिल शर्मा शो’ मा हरेक हप्ता विभिन्न सेलिब्रिटीको उपस्थिती हुन्छ । यसपटक कपिल शर्माको शोमा एकता कपुर आफ्नो आगामी हरर–कमेडी वेब सिरिजलाई प्रोमोट गर्नेछन् । उक्त वेब सिरिजमा हास्यकलाकार कृष्णा अभिषेक र किकू शारदा पनि देखिनेछन् । उनीहरु पाहुनाको रुपमा कार्यक्रममा देखिनेछन् । यतिबेला कपिलले आफ्नो साथीसँग निकै रमाइलो गर्छन् । मनोरञ्जनका लागि कपिलले किकूको पछाडि तरवार लिएर दौडन्छन् ।

कपिल शर्माले अभिषेक र किकूको अन्तरवार्ता लिने क्रममा सोध्छन्, ‘जब तपाईंहरु यति ठूलो कार्यक्रमको हिस्सा हुनुहुन्थ्यो, यस्तोमा तपाईंले कार्यक्रम छोडेर किन अन्त जानुभयो ?’

यति भनिसकेर कपिल तरबार लिएर दुईजनाको पछाडि दौडन्छन् । यति गर्दा त्यहाँ उपस्थित सबैजना निकै हाँस्छन् ।

कपिल शर्मा एकता कपुरसँग निकै रमाइलो गर्छन् । यो एपिसोडमा मल्लिका शेरावत र तुषार कपुरको पनि उपस्थिती हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप