रानी मुखर्जी र आदित्य चोपडाले छोडे यश चोपडाको बंगला, नयाँ घरमा छोरी आदिरालाई हुर्काउने
आदित्य चोपडा र रानी मुखर्जीले जुहुस्थित यश चोपडाको बंगला छोड्ने निर्णय गरेका छन् । उनीहरु आफ्नो नयाँ घरमा सर्ने तयारीमा छन् । यो जोडीले आफ्नो पुरानो घर नजिकै विलासी घर खरिद गरेका छन् । उनीहरुले छोरीको उचित लालनपालन र आफू अनुसार जीवनयापनका लागि नयाँ घर किनेको बताइएको छ ।
आदित्य आफूले भनेजसरी डिजाइन गर्न चाहन्छन् घरः
भारतीय मिडियाका अनुसार उक्त पैतृक घरमा दुई भाइको वाल्यकाल बितेको छ । आदित्य–रानी लामो समयदेखि छुट्टिने योजनामा थिए । आदित्य आफ्नो तरिकाले घर डिजाइन गर्न चाहन्थे । यस्तै दुबैले आफ्नै तरिकाले छोरीलाई हुर्काउन चाहन्छन् । यसै कारण उनीहरुले छुट्टै घर लिएका छन् । नयाँ घर यश चोपडाको बंगला नजिकै छ त्यसकारण चाहेको समयमा आमा पामेला चोपडालाई तत्काल भेट्न जान सक्छन् । यश चोपडाको बंगलामा आदित्य, श्रीमती रानी, छोरी आदिरा, आमा र भाइ उदय चोपडासँगै बस्दथे ।
रिपोर्टलाई मान्ने हो भने आदित्य–रानीले नयाँ घरको उद्घाटन पनि गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य
-
मेरो हत्याको प्रयास गरिए इरानलाई ध्वस्त पारिदिन्छु : डोनाल्ड ट्रम्प
-
गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध
-
आत्मनिर्भर उद्योगदेखि खण्डहरसम्म : भृकुटी कागज कारखानाको चार दशकको यात्रा (तस्बिरहरू)
-
ग्वार्कोमा चोरी गर्न आएको आरोपमा निर्घात कुटपिट गरी हत्या
-
कतिपय मानिसलाई लामखुट्टेले किन धेरै टोक्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण