संगीले ल्याइन् ‘मैले त खोजेको यस्तै घर हो’
बिहीबार, ३० साउन २०७६, १३ : ३२
काठमाडौं– केही वर्षयता तीज गीतमा मौलिकता हराउँदै गएको गुनासो सुन्न थालिएको छ । यस्तैमा नवगायिका संगी अधिकारी पोखरेलले भने मौलिक शैलीको तीज गीत ‘मैले त खोजेको यस्तै घर हो’ सार्वजनिक गरेकी छन् ।
गीतमा प्रकाश सुवेदीको शब्द, राजकुमार बगरको लय र राजु कार्कीको संगीत रहेको छ । गीतको एक भिडियो समेत बनेको छ । भिडियोमा पवन गौतमको छायाँकन, सुरेश राउतको सम्पादन र सुमन सागर जङ्ग केसीले निर्देशन गरेका हुन् ।
सुशीला थापा, रिचा पोख्रेल, सुमन सागरजङ्ग केसी लगायतका कलाकारको भिडियोमा अभिनय देख्न सकिन्छ । प्राय तीज गीतमा सासु, देउरानी, जेठानी र घरपरिवार प्रति असन्तुष्टि व्यक्त गर्ने गरिन्छ । यो गीतमा भने एउटा सुन्दर पारिवारिक वातावरणको अपेक्षा सहितको कामना समेटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पीएसजीले च्याम्पियन्स लिग जितेको बारे एम्बाप्पे, ‘कुनै गुनासो छैन’
-
सवारी दुर्घटनामा सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु
-
केनको निर्णायक गोलमा इंग्ल्याण्डको संघर्षपूर्ण जीत
-
मस्कसँगको सम्बन्ध अन्त्य भएको ट्रम्पको घोषणा
-
बौद्धमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु
-
बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वमा समिति गठन