संगीले ल्याइन् ‘मैले त खोजेको यस्तै घर हो’
बिहीबार, ३० साउन २०७६, १३ : ३२
काठमाडौं– केही वर्षयता तीज गीतमा मौलिकता हराउँदै गएको गुनासो सुन्न थालिएको छ । यस्तैमा नवगायिका संगी अधिकारी पोखरेलले भने मौलिक शैलीको तीज गीत ‘मैले त खोजेको यस्तै घर हो’ सार्वजनिक गरेकी छन् ।
गीतमा प्रकाश सुवेदीको शब्द, राजकुमार बगरको लय र राजु कार्कीको संगीत रहेको छ । गीतको एक भिडियो समेत बनेको छ । भिडियोमा पवन गौतमको छायाँकन, सुरेश राउतको सम्पादन र सुमन सागर जङ्ग केसीले निर्देशन गरेका हुन् ।
सुशीला थापा, रिचा पोख्रेल, सुमन सागरजङ्ग केसी लगायतका कलाकारको भिडियोमा अभिनय देख्न सकिन्छ । प्राय तीज गीतमा सासु, देउरानी, जेठानी र घरपरिवार प्रति असन्तुष्टि व्यक्त गर्ने गरिन्छ । यो गीतमा भने एउटा सुन्दर पारिवारिक वातावरणको अपेक्षा सहितको कामना समेटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्मा सभामुखको बोली चिप्लिएपछि ...
-
१२ बजे १२ समाचारः करका दर हेरफेरमा अर्थमन्त्रीको स्पष्टीकरण, रास्वपा कर्णाली नेतृत्वका रस्साकस्सी
-
फेदीवन जङ्गलमा ८ थान इजाजत नभएका बन्दुक भेटियो
-
कांग्रेसको क्रियाशील सदस्यता ४ लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे
-
‘३५ वर्ष’ को भाष्य छाडेर वर्तमान र भविष्यमा केन्द्रित हुन नयाँ सांसदहरुलई रक्षा बमको आग्रह
-
रास्वपा महाधिवेशनको काउन्डडाउन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण