तिब्बतीलाई नागरिकता दिएको आरोपमा वडाध्यक्ष पक्राउ

कास्की । तिब्बती शरणार्थीलाई नेपाली नागरिकताको सिफारिस दिएको आरोपमा वडाध्यक्षसहित तीन जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१८ का वडाध्यक्ष रणबहादुर थापा, वडासदस्य ज्ञानबहादुर थापा र पञ्जिकाधिकारी राजेन्द्र पौडेल रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए ।
शणार्थीका सन्तानलाई वडा कार्यालयबाट वंशजको नागरिकता प्रदान गर्नका लागि सिफारिस गरेकाले उनीहरुलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको कार्कीले जानकारी दिए ।
सोही वडाका लेखबहादुर थापाले तिब्बती शरणार्थीसँग विवाह गरेका छोरीतर्फका दुई नातिनीलाई आफ्नै छोरी बनाएर नागरिकता दिलाएका थिए ।
थापाका नातिनी सरु र तासी आङ्मोले जिल्ला प्रशासनबाट गत जेठ २६ र असार ६ गते नेपाली नागरिकता लिएका थिए ।
झुटो विवरण पेश गरेर उनीहरुले नागरिकता लिएको भन्ने उजुरी आउनासाथ प्रशासनले दुवै जनाको नागरिकता जफत गरेको थियो भने झुटो विवरण पेश गर्ने थापासहित घटनामा संलग्नहरुलाई पक्राउ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेनी–जोमसोम–कोरला सडकखण्डको ८४ प्रतिशत भौतिक प्रगति
-
हिमालयन बैंकको ‘ठमेल शाखा’ सञ्चालनमा
-
नेताहरूको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक: देउवा
-
४३ कम्पनीलाई पाँच अर्ब बढी राजस्व छुट : सूचीमा सिनो हाइड्रो, कोकनदेखि पतञ्जलीसम्म
-
घर बनाउने क्रममा करेन्ट लागेर युवकको मृत्यु
-
तारकेश्वरमा ५ लाख रुपैयाँ बराबरको चोरी