रौतहटमा जंगली हातीले एकघर भत्कायो
आइतबार, ०१ भदौ २०७६, १४ : २९
रौतहट– रौतहटस्थित गएराती जंगली हातीले एकजनाको घर भत्काएको छ । जिल्लाको उतरीभेग चन्द्रपुर नगरपालिकास्थित जंगली हातीले घर भत्काएको हो । शनिबार राती १२ बजेको समयमा चन्द्रपुर नगरपालिका वडानं ८ मरधर गैरी टोलका वीर बहादुर वाईवाको घर भत्काएको हो ।
२ वटा हात्तिले रातीको समयमा वाईवाको काठको घर भत्काउनुका साथै अन्नपात समेत खाएर नष्ट पारेको पिडित परीवारले जनाएको छ । हात्तीले दुइलाख बराबरको धनमाल नष्ट पारेको पीडित वाईवाले जानकारी दिए ।
एकघण्टा सम्म घर भत्काएर हात्ति सोही स्थानमा बसेपछि गाँउलेले राँको बालेर होहल्ला गरेपछी हाती त्यहाँ बाट भगेका थियो । घर अगाडीबाट हात्तिले आक्रमण गर्न थालेपछि वाईवा परिवारका सबै सदस्य घर पछाडीबाट भागेर बाच्न सफल भएको गाँउलेहरुको भनाइ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण