प्रधानमन्त्रीको स्वास्थ्यबारे सक्कली, नक्कली र डेढअक्कली कुरा चल्यो : मन्त्री बास्कोटा

काठमाडौं– सरकारका प्रवक्ता गोकुल बास्कोटाले प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी गराएका छन् । बिहिबार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बास्कोटाले प्रधानमन्त्री ओली मृगौला रोगबाट प्रभावित भएको र दश बर्षदेखि सेवन गर्दै आएको औषधी परिवर्तनपछि त्यसको प्रभाव जाँच्न सिंगापुर गएको उल्लेख गरे ।
बाहिर हल्ला चलेको जस्तो बिरामी नभएको भन्दै बिहानैदेखि राती ११ बजेसम्म सक्रिय भएर काम गरिरहेको जानकारी दिए । उनले मन्त्रिपरिषदको लगातार ३ वटा बैठक राती ११ बजेसम्म गरेको बताए । उनले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको बारेमा सक्कली, नक्कली र डेढअक्कली कुरा आएको बताउँदै प्रधानमन्त्री पहिलेजस्तै स्वस्थ रहेको बताए ।
नियमित फओअप र थप परीक्षणका लागि र पहिला चलाएको औषधीभन्दा उन्नत औषधी विकास भएकोले त्यसको प्रयोगको प्रभाव जाँच गर्न खोजेको बताए । प्रधानमन्त्री ओली आफंैले पनि अर्को चुनाव लड्न आफू तयार रहेको बताएको उल्लेख गर्दै आफ्नो बारेमा चिन्ता नगर्न भनेको स्मरण गराए ।
उनले भने–‘आजै देखिहाल्नुभयो होला हात हल्लाएरै जानुभयो, कोक्रो, झोलुङ्गो वा एम्बुलेन्समा हालेर त लगेनन् । एयर एम्बुलेन्समा हालेर लगेको पनि तपाईहरुले देख्नुभएको छ नी ।’ मन्त्री बास्कोटाले बाहिर हल्ला चलेजस्तो प्रधानमन्त्री अस्वस्थ नरहेको प्रष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिमबाट पूर्वतर्फ सर्दै बादल, ठाउँ ठाउँमा वर्षा
-
शाक्यको ‘करूणा’ माथि धुलिखेलमा विमर्श
-
कोहलीको रेकर्ड, सेफर्डको विस्फोटक ब्याटिङ : चेन्नईसामु विशाल लक्ष्य
-
नीति तथा कार्यक्रम प्रगतिशील, व्यावहारिक र जनमुखी भएको एमालेको निष्कर्ष
-
नागढुङ्गा–नौबिसे सडकखण्ड राति बन्द हुने
-
सर्लाहीमा हतियारसहित युवक पक्राउ