सुदूरपश्चिम प्रदेशमा आइतबार सर्वजनिक बिदा
बुधबार, ११ भदौ २०७६, १९ : ३२
कञ्चनपुर– सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायकको पर्व अटवारीका लागि आइतबार सर्वजनिक बिदा दिने निर्णय गरेको छ ।
भाद्र १५ गते आइतबारका दिन प्रदेशभित्र रहेका सम्पूर्ण सरकारी एवं सार्वजनिक निकायमा बिदा दिने प्रदेश मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको हो ।
थारु समुदायले लामो समयदेखि अटवारी पर्वका दिन सार्वजनिक बिदाको माग गर्दै आएका थिए ।
पहिले देखिनै अटवारी पर्वमा बिदाको माग गर्दै आएको र बिदा पाउँदा खुशी भएको थारु पत्रकार सङ्घ कञ्चनपुरका अध्यक्ष धनबहादुर कुश्मीले बताए ।
एक दिन व्रतका लागि बिदा दिए पनि दिदीबहिनीलाई अग्रासन दिने दिन पनि बिदा दिनुपर्ने माग गरिएको छ । थारु समुदायका पुरुषले पानीसमेत नखाई दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै पाँच पाण्डवमध्येका भीमको अटवारी पर्वका बेला पूजा गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
साउन १५ सम्म उठेको ब्याजलाई बैंकहरुले आम्दानीमा देखाउन पाउने
-
ठुला विद्युतीय सार्वजनिक सवारी साधन किन्न अब ८० प्रतिशतसम्म ऋण
-
इंग्ल्यान्डलाई हराएपछि अर्जेन्टिनी खेलाडीले प्रदर्शन गरे फकल्याण्ड्स दाबी गर्ने ब्यानर
-
शेयर धितोमा पाइने कर्जाको सीमा बढ्यो, कति पाइन्छ ऋण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण