रोल्पामा जीप दुर्घटना, चालकको मृत्यु
शनिबार, १४ भदौ २०७६, ११ : ०८
रोल्पा । शुक्रबार बेलुका भएको जीप दुर्घटनामा परी हराइरहेका चालकको शव आज बिहान फेला परेको छ ।
सदरमुकाम लिवाङबाट निम्रीतर्फ यात्रु पु¥याएर फर्कदै गरेको हिमताल यातायात प्रालिको ना१ज ४६५६ नम्बरको उक्त जीप माडचौरको भलाममा दुर्घटना भएको थियो ।
दुर्घटनामा परी सोही जीपका चालक रोल्पा नगरपालिका–१० धवाङका ३०वर्षीय दिलबहादुर बुढामगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
लिवाङ घर्तीगाउँ सडकखण्डको भलाममा दुर्घटनामा परहेको उक्त जीप सडकबाट २०० मिटर तल खसेको प्रहरी निरीक्षक लिलाराम आचार्यले जानकारी दिए ।
शवलाई नदीले बगाएर माडी नदी पुल नजिक पु¥याएको हुँदा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले शव फेला पारेको प्रहरी निरीक्षक आचार्यले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
-
एक हजार १८० रोपनीमा फलफुलखेती विस्तार
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण