काँग्रेसले भोली दोश्रो चरणको राष्ट्रिय जागरण अभियान घोषणा गर्ने
काठमाडौं– नेपाली काँग्रेसले बुधबार (भोली) पार्टीको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानको कार्यक्रम घोषणा गर्ने भएको छ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार बसेको पार्टी केन्द्रिय कार्य समितिले आवश्यक निर्णय लिने र बुधबार अपरान्ह ३ बजे पत्रकार सम्मेलनमार्फत् सो कार्यक्रमको घोषणा गर्ने जानकारी दिएका हुन् ।
मंगलबार जारी केन्द्रिय कार्य समिति बैठकमा पार्टीको म्याद सकिएका केन्द्रिय भातृ संगठनहरुको केन्द्रिय कार्य समितिको म्याद थप गर्ने विषयमा पनि छलफल जारी छ । त्यसैगरी विदेशस्थित ३५ वटा जनसम्पर्क समितिहरुको पनि म्याद थप गर्ने विषयमा पनि केन्द्रीय कार्य समितिले आजै टुंगो लगाउने काँग्रेसले जनाएको छ ।
काँग्रेस केन्द्रीय कार्य समितिको बैठक आज साँझसम्म सम्पन्न गर्ने योजना छ । प्रवक्ता शर्माले पार्टी कन्द्रिय कार्य समितिको बैठक आजै सकिने र भोली अपरान्ह ३ बजे पत्रकार सम्मेलन गरी पार्टीको निर्णय सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको पनि बताए । काँग्रेस केन्द्रीय कार्य समितिको जारी बैठकमा पार्टीको विधानलगायतका १४ बूँदे एजेन्डामाथि छलफल तय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण