गुप्तचरलाई रक्षामन्त्रीको कटाक्ष : एफएम सुनेर रिपोर्ट लेख्नुहुन्छ ?
बुधबार, १८ भदौ २०७६, ०७ : ३४
‘तपाईंहरु एफएम सुनेर रिपोर्ट लेख्नुहुन्छ ?’
प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका रक्षामन्त्री ईश्वर पोखरेलले यति भनेर पनि चित्त बुझाएनन् ।
‘अबदेखि यस्तो भयो, त्यस्तो भयो भन्ने रिपोर्ट नल्याउनुस् । यस्तो रिपोर्ट सेना र सशस्त्रले पनि दिन्छन् । बिहानै एफएम सुन्यो भने सबै कुरा थाहा भइहाल्छ नि ! अब के हुँदैछ भन्ने पूर्वसूचना पो चाहिएको छ,’ पोखरेलले यसो भनेपछि सबै स्तब्ध भए ।
राष्ट्रिय अनुसन्धान विभागभित्रै ०४६ अघि सम्म बाह्य मामिला हेर्न सक्रिय राष्ट्रिय जनसम्पर्क प्रधान कार्यालय ‘ख’ जस्तै प्रतिजासुसी एकाइ गठन गर्ने गरी मस्यौदा पेश भइरहेको बेला रक्षामन्त्रीले एक छलफलका क्रममा केही दिनअघि यस्तो कटाक्ष गरेका हुन् ।
आजको जनआस्था साप्ताहिकमा खबर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण