स्कार्पियोसहित लाखौंको अवैध सामान बरामद
रौतहट – जिल्ला प्रहरी बाराको छुटा छुटै नस्तीटोलीले नेपाली नम्बरको स्कार्पियोसहित लाखौं मुल्य बराबरको अवैध भारतीय सामान बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय निजगढको टोलीले पुर्वपश्चिम महेन्द्र राजमार्गमा चेकजाँचको क्रममा आईतवार लु २ ख३७ नम्बरको ट्कमा १५हजार किलो अवैध सुपारी बरमद गरेको छ ।
त्यसैगरी पर्सौनी स्थित प्रहरीले बा १९च ३९५४ नम्बरको स्कार्पियो चेकजाँच गर्दा भारतीय बजार रक्सौलबाट अवैध रुपमा भित्रयाएको २० थान स्टेपलाइजर बरामद गरेको छ । गाडी चालक रौतहट बृन्दाबन नगरपालिका ७ का अनिसकुमार साह र उनीसँगै रहेका गरुडा नरपालिका २ का रामप्रवेश मण्डल पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।
त्यसैगरी तस्करहरुले भारतीय नाकाबाट अबैधरुपमा भित्रयाइएको कपडा,कस्मेटिक,किराना,कपडा लगायत १० लाख मुल्य बराबरको अवैैध सामान गस्ती टोलीले बरामद गरेको बाराका प्रहरी प्रमुख एसपी विकास खनालले बताए ।
बरामद ट्क,स्कार्पियो,सुपारी र अबैध सामान गरी ४० लाख बढीको मुल्यांकन रहेको एसपी खनालले जनाएका छन । बरामद गाडी मानिस तथा सामानहरु आवशयक कार्यवाहीको लागी बिरगञ्ज भन्सार कार्यालय पठाइएको बारा प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–पेन्सनमा कर्मचारीहरूको आकर्षण, अहिलेसम्म ५१७ जनाले दिए आवेदन
-
लगातार ३४ खेलमा अपराजित मोरक्को : किन मानिन्छ विश्वकपको बलियो दाबेदार ?
-
आगामी मौद्रिक नीति अर्थतन्त्रलाई स्थिर बनाउने गरी आउनुपर्छ : पूर्वगभर्नर क्षेत्री
-
एमाले कार्यदलको बैठक असार २५ गते बस्ने
-
चीन–रुसद्वारा संयुक्त नौ सैनिक अभ्यास र सामुद्रिक गस्ती
-
सरकारले विधि र प्रक्रियाभन्दा कानुन विपरीतका काम गर्न लाग्यो : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण