उज्वेकिस्तानसँग हार्यो नेपाल
काठमाडौं । कीर्गिस्तानमा जारी नादेझ्दा कप महिला फुटबलको दोस्रो खेलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ ।
सोमबार भएको खेलमा नेपाल उज्वेकिस्तानसँग २–० ले पराजित भयो । नेपालको हारसँगै फाइनल प्रवेशको ढोका सबै टोलीका लागि खुला भएको छ । नेपालले पहिलो र दोस्रो हाफमा एक एक गोल खाएको थियो । १४औं मिनेटमा नेपालकी कप्तान निरु थापा विपक्षीसँग ठोकिएर चोट बोक्दै बाहिरिएपछि नेपाल दबाबमा परेको थियो ।
चार टोली सहभागी प्रतियोगिताको पहिलो खेलमा नेपालले आयोजक किर्गिस्तानलाई ८–२ गोलले हराएको थियो । नेपालले मंगलबार ताजकिस्तानको सामना गर्नेछ । फाइनल पुग्न नेपाललाई मंगलबारको खेल जित्नै पर्ने बाध्यता छ । आजै अर्को खेलमा किर्गिस्तान र ताजकिस्तान भिड्नेछन् । उज्वेकिस्तानले लगातार दोस्रो जितसँगै फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । पहिलो खेलमा उज्वेकिस्तानले ताजकिस्तानलाई १२–० गोलले हराएको थियो ।
लिग कम नकआउटका आधारमा सञ्चालित प्रतियोगितामा शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । फाइनल खेल बिहीबार हुनेछ । अन्तिम दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीका लागि नादेझ्दा कपमा सहभागिता जनाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
बागमतीका सत्तारुढ दलहरू सरकार परिवर्तनको खेलमा
-
करेला खाएपछि खानु हुँदैन यी खानेकुरा
-
एक महिनासम्म गहुँको रोटी नखाँदा शरीरमा आउँछ यस्ता परिवर्तन
-
नेपाल पत्रकार महासंघ युकेको स्थापना दिवसमा को-काे हुँदैछन् सम्मानित ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण