काठमाडौंमा सूपथ मूल्य पसल खुल्यो
काठमाडौं–सरकारले दसै, तिहार र छठसहितको चाडपर्वलाई लक्षित गरेर काठमाडौंमा सहुलियत मूल्य पसल संचालन गरेको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थानले काठमाडौंको रामशाहपथस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको विक्री कक्ष भवनमा दशै, तिहार र छठ पर्वलाई लक्षित गरेर सोमबारबाट ‘एकीकृत सहुलियत मूल्य पसल’ संचालनमा ल्याएको हो ।
कार्तिक १७ गतेसम्म संचालन हुने सो पसल देशको मुख्यमुख्य सहरमा पनि संचालन हुनेछन । ती पसलहरुमा घ्यूमा प्रतिकेजी ५० रुपैयाँ छुटको व्यवस्था गरिएको छ भने पनिरमा प्रतिकेजी १० रुपैयाँ छुट गरिएको दुग्ध विकास संस्थानका नारायणप्रसाद ढुंगानाले जानकारी दिए ।
त्यसैगरी चिनीमा प्रतिकेसी ५ रुपैयाँ, नुनमा प्रतिकेसी २ रुपैयाँ छुटको व्यवस्था गरिएको छ । चामल, दाल बोरामा १० रुपैयाँदेखि २० रुपैयाँसम्म छुट दिने व्यवस्था गरिएको पनि साल्ट ट्रेडिङका प्रबन्धक ब्रजेशकुमार झाले जानकारी दिए ।
साल्ट ट्रेडिङले चाडपर्वलाई लक्षित गरेर काठमाडौंमा ६ वटा सूपथ मूल्य पसल संचालनमा ल्याएको भने देशका मुख्यमुख्य सहरहरुमा गरी जम्मा ३४ वटा संचालनमा ल्याउने तयारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थाइल्याण्डबाट चक्लेटको प्याकेटमा लुकाएर गाँजा ल्याउने भारतीय नागरिक पक्राउ
-
क्रियाशील सदस्यता अध्यावधिकको प्रतिवेदन असार २५ गतेभित्र बुझाउन तरुण दलको निर्देशन
-
मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु
-
यी मान्छेले खानै हुँदैन नरिवल पानी
-
ऊर्जा सङ्कटपछि भारतले तेल अन्वेषण विस्तार गर्ने
-
कोस्तियान्तिनिभ्का कब्जा गरेको रुसी दाबी युक्रेनद्वारा अस्वीकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण