तेमालमा १५ मुद्दाको फैसला
काभ्रे– तेमाल गाउँपालिकाको न्यायिक समितिमा दर्ता भएकामध्ये १५ मुद्दाको फैसला भएको छ । गएको दुई आर्थिक वर्षमा करीब २३ मुद्दा दर्ता भएकामा बाँकी जिल्लामा सिफारिश गरिएको पालिका उपाध्यक्ष एवं न्यायिक समितिका संयोजक दुर्गामाया तामाङले बताए ।
उनका अनुसार न्यायिक समितिमा आउनुभन्दा अगाडि जिल्ला प्रशासन कार्यालसम्म पुगिसकेको, न्यायिक समितिमा दर्ता गर्ने र जिल्ला प्रशासन र जिल्ला अदालतमा दर्ता गरिसकेको मद्दा नहेरीकन जिल्ला अदालत नै सिफारिश गर्ने गरेको उनले बताए ।
जनताको समस्या गाउँपालिकाको तर्फबाट समाधान गर्न पाउँदा धेरै खुशी लागेको उनको भनाइ थियो । गाउँपालिकाको उपाध्यक्ष तथा स्थानीय तहमा गठित न्यायिक समितिका संयोजकसमेत रहेका उनले नौ वटा विषयमा संयोजकको काम गर्नुपरेको छ ।
उनका अनुसार न्यायिक समितिमा बसेर २८/३० वर्षको मुद्दासमेत छिनोफानो भएको छ । पारिवारिक सम्बन्ध, छुटिएर बसेको श्रीमान् श्रीमतीको मिलापत्र र दाजुभाइबीचमा २०/२५ वर्षसम्म नमिलेर बसेको मुद्दा मिलाउन सफल भएको उपाध्यक्ष तामाङले बताए ।
गाउँलिकामा रहेको न्यायिक समितिमा दाजुभाइबीचको अंशबण्डा र साँधसिमाना नमिलेको विषयमा बढीजसो मुद्दा पर्ने गरेको र न्यायिक समितिको समूहबाट मिलाउने काम गरेको उनले बताए । ‘मिलाएको मुद्दामध्येमा कतिपय जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालतसम्म जान नसक्ने व्यक्तिको न्यायिक समितिबाट मिलापत्र गराउन सफल भएका छौँ’, उनले भने, ‘यसरी मिलाउन सफल हुँदा हामीलाई पनि चित्त बुझेको र उहाँहरु पनि खुशी हुुनुभएको छ ।’
कतिपय अवस्थामा वडास्तरमा नै मिलाउने सक्ने खालको छ भने त्यसलाई पनि वडामा नै फर्काउने गरेको उनको भनाइ थियो । ‘हामीले करीब तीन/चार मुद्दा वडामा नै फर्काएर फैसला गर्न लगाएको अवस्था छ’, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण