बिहीबार, ०१ जेठ २०८२
ताजा लोकप्रिय

सर्वोच्च अदालतका मुख्य रजिस्ट्रारमा कुँवर नियुक्त

आइतबार, ०२ फागुन २०७७, १८ : २४
आइतबार, ०२ फागुन २०७७

काठमाडौं । सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा लालबहादुर कुँवर नियुक्त भएका छन् ।  यसअघि सर्वोच्चकै रजिस्ट्रार रहेका कुँवर आज मुख्य रजिस्ट्रारमा नियुक्त भएका हुन् ।  माघ ११ गते बसेको न्यायपरिषदको बैठकले तत्कालिन मुख्य रजिस्ट्रार नृपध्वज निरौंलालाई मुख्य न्यायाधीश नियुक्त गरेपछि सर्वोच्चमा मुख्य रजिस्ट्रारको पद रिक्त थियो ।

माघ २५ गते न्याय सेवा आयोगको बैठकले कुँवरलाई नियुक्त गर्न सिफारिस गरेको थियो । त्यसलगत्तै माघ २९ गते बसेको मन्त्रिपरिषदको बैठकले कुँवरलाई मुख्य रजिस्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको थियो । कुँवर २०५५ सालमा शाखा अधिकृतको रुपमा निजामति सेवामा प्रवेश गरेका थिए । उनी गुल्मी धुर्कोटका स्थायी वासिन्दा हुन् ।

त्यस्तै सर्वोच्चकै रजिस्ट्रार पदमा निर्मला पौडेल नियुक्त भएकी छिन् । माघ २९ गते बसेको मन्त्रिपरिषद बैठकले उनलाई रजिस्ट्रार पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप