एशियन पेन्ट्स ‘द क्लाइडोस्कोप आर्किटेक्चर स्टुडेन्टस् डिजाइन प्रतियोगिता २०१९–२०’ को विजेताहरु घोषणा

काठमाडौं । एशियन पेन्टस् ‘द क्लाइडोस्कोप आर्किटेक्चर स्टुडेन्टस् डिजाइन प्रतियोगिता २०१९–२०’ का विजेताहरूको घोषणा भएको छ । एशियन पेन्टस्द्वारा संचालित उक्त प्रतियोगितामा बि आर्कका अन्तिम समूहका विद्यार्थीहरु सहभागी भएका थिए ।
प्रतियोगितामा ललितपुर महानगरपालिकाको नगर कार्यालय भवनको ब्लक बिको डिजाइन गर्नुपर्ने थियो र ५ जना विजेताहरूलाई यही २०७७ फागुन ९ गते पुरस्कृत गरिएको थियो । विजेताहरूलाई ल.पु.महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले पुरस्कार वितरण गरेका थिए ।
प्रथम पुरस्कार विजेता पूर्वाञ्चल क्याम्पसका आइ.ओ.ई शुभम् कार्कीले एशियन पेन्ट्सको तर्फबाट ७० हजार र ल.पु.महानगरपालिकाको तर्फबाट २५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् । यस्तै द्वितीय हुन सफल थापाथली क्याम्पसकी आइ.ओ.ई सुनिता गुरुङ्गले एशियन पेन्ट्सको तर्फबाट ४० हजार र ल.पु.महानगरपालिकाको तर्फबाट २० हजार तथा तृतीय पुरस्कार विजेता थापाथली क्याम्पसकै आइ.ओ.ई. प्रवासा बज्राचार्यले एशियन पेन्टस्को तर्फबाट ३० हजार र ल.पु.महानगरपालिकाको तर्फबाट १५ हजार नगद पुरस्कार प्राप्त गर्नु सफल भए ।
सान्त्वना पुरस्कार विजेता बने थापाथली क्याम्पसकै आई.ओ.ई दीप्गेस्ट कटुवाल र पुल्चोक क्याम्पसका आई.ओ.ई. विवेक हिमालय दुवैले एशियन पेन्ट्सको तर्फबाट १० हजार र ल.पु.महानगरपालिकाबाट १० हजार प्राप्त गर्न सफल भए । ल.पु.महानगरपालिकाले अन्य १० जना सहभागीहरुलाई पनि पाँच÷पाँच हजार रुपैयाँ नगद प्रदान गर्ने घोषणा गरेको छ ।
विजेताहरूको चयन आर्किटेक्चर समाजका प्रसिद्ध व्यक्तित्वहरु आर्किटेक्चर इन्द्र बहादुर श्रेष्ठ, आर्किटेक्चर पूनम शाह, प्राध्यापक श्रीनिवास वीर सिंह कंसाकार, आर्किटेक्चर मिरा ज्ञवाली भट्टराई, आर्किटेक्चर सुरज खनाल र इन्जिनियर श्रीकुमार महर्जनको निर्णायक मण्डलले गरेको थियो ।
प्रतियोगितामा एक्मी इन्जिनियरिङ कलेज, इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पस, काठमाडौं इन्जिनियरिङ कलेज, नेपाल इन्जिनियरिङ कलेज, हिमालय कलेज अफ इन्जिनियरिङ, ख्वपः इन्जिनियरिङ कलेज, इन्जिनियरिङ अध्ययन संस्थान, थापाथली क्याम्पस तथा इन्जिनियरिङ अध्ययन संस्थान, पूर्वाञ्चल क्याम्पसका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘राजकुमारी’ को निर्माण घोषणा
-
सोमबार प्रचण्ड सुर्खेत आउँदै, वाइसीएलको प्रदेश सम्मेलनमा सहभागी हुने
-
भारतविरुद्ध आक्रमणको घोषणालगत्तै पाकिस्तानी प्रधानमन्त्रीले बोलाए कमान्ड प्राधिकरणको बैठक
-
शिक्षक आन्दोलनबाट पढाइमा भएको क्षति हिउँदे वा वर्षे बिदाबाट आपूरण गर्न महासङ्घको आग्रह
-
पाकिस्तानद्वारा भारतविरुद्ध प्रत्याक्रमणको घोषणा
-
ठेकदार सांसद कान्छारामको लापर्बाही : दोस्रो म्याद पनि सकियो तर सकिएन १५ सडकको काम