‘सम्हालिन्छ कहिले मन’ सुटिङ दुवईमा
मङ्गलबार, २५ फागुन २०७७, ११ : ३३

काठमाडौंँ । फिल्म ‘सम्हालिन्छ कहिले मन’को दुवई पुगेको छ । दुई वर्ष अगाडि बेलायतमा ४५ दिन, मुस्ताङ र काठमाडौंमा समेत खिचिएको फिल्मको केही बाँकी छायाँकन सकाउन निर्माण युनिट दुवई पुगेको हो ।
युनिटमा निर्देशक सुदर्शन थापा, अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठलगायत रहेका छन् । आठ दिनको सेड्युल सहित दुवई उडेको टिमले त्यहाँ फिल्मको एक गीत र केही दृश्य खिच्ने जनाएको छ ।
दुवईको छायाँकन पछि फिल्म सकिने निर्देशक थापाले जानकारी दिए ।
फिल्ममा पूजा र आकाशको अलवा सोनम तोप्देन, गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्य लगायतका कलाकारको अभिनय रहने फिल्म एबी इन्टरनेशलको ब्यानरमा निर्माण भएको हो ।
फिल्मको कथा महेश दवाडीले तयार पारेका हुन् । त्रिकोणात्मक प्रेमकथा बताइएको फिल्ममा सौरभ लामाको छायाँकन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
-
जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ
-
स्वदेश फर्किए राजेन्द्र महतो
-
भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन हुनुपर्छ, राजीनामा दिने/नदिने गृहमन्त्रीमा भर पर्छ : शाही
-
लन्डन दूतावासमा ‘नेपाल नाइट’ सम्पन्न (फोटो फिचर )
-
प्रधानमन्त्री ओलीको निर्देशनमा माधव नेपालमाथि मुद्दा चलाइएको हो : शेरबहादुर कुँवर