स्वदेश फर्किए राजेन्द्र महतो
सारांश
- राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो अमेरिका र कतारको भ्रमण सकेर स्वदेश फर्किए।
- अमेरिकामा मधेसी समुदायको सम्मेलनमा भाग लिएका महतोले कतारमा विभिन्न कार्यक्रम र भेटघाट गरे।
- कतारमा उनले मधेसी श्रमिकहरूसँग भेटघाट गरी उनीहरूको समस्याबारे जानकारी लिए र समाधानको लागि पहल गर्ने बताए।
काठमाडौँ जेठ २४ गते । राष्ट्रिय मुक्ति पार्टीका राष्ट्रिय अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतो आज स्वदेश फर्किएका छन्।
अमेरिकामा बसोबास गर्ने मधेसी समुदायको साझा संस्था मधेसी एसोसिएसन इन अमेरिका (माँ) ले आयोजना गरेको चौथो राष्ट्रिय सम्मेलनमा भाग लिन उनी जेठ ९ गते अमेरिका पुगेका थिए । उनी अमेरिकाको कार्यक्रम सकाएर जेठ २२ गते कतार पुगेका थिए । कतारमा विभिन्न कार्यक्रम तथा भेटघाट सकाएर उनी शनिबार नेपाल फर्केका हुन् ।
कतार बसाइँको क्रममा इदको अवसर पारेर मधेसी एकता समाजले एक कार्यक्रमको आयोजना गरेको थियो । सो कार्यक्रमपछि त्यहाँ रहेका मधेसी श्रमिकहरूसँग भेटघाट गरेका थिए ।
अध्यक्ष महतोले त्यहाँका मधेसी श्रमिक तथा व्यापारीसँग सम्बन्ध सुदृढ गर्नुको साथै उनीहरूको समस्याको बारेमा अवगत भएको र त्यो समस्या समाधानका लागी आफूले प्रयास गर्ने बताए ।
स्वागत कार्यक्रममा अध्यक्ष महतोले मधेसको हक अधिकार, समानता, र सामाजिक न्यायका सवालमा आफ्नो धारणा राख्दै प्रवासी नेपालीहरूले देशको समृद्धि र एकतामा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी भाँडाकुँडामा राखिएको खानेकुरा खानुहुन्छ ? निम्त्याउला है रोग
-
स्ट्रेट अफ होर्मुजमा आक्रमण भएको जहाज चालकदलले छाडे
-
इरान युद्ध: दुई सातामा करिब १०० अमेरिकी सैनिक घाइते
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
-
उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण