ओलीतिर लागेका पूर्वमाओवादीका मन्त्रीहरु फर्काउन मन छैन : प्रचण्ड

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री राम बहादुर थापा, खानेपानी मन्त्री मणि थापा, उर्जा मन्त्री टोप बहादुर रायमाझीहरूलाई फर्काउन मन नरहेको बताएका छन् ।
शुक्रबार बुटवल एक कार्यक्रमा प्रचण्डले प्रधानमन्त्री ओलीलाई साथ दिने पूर्व माओवादी नेताहरु फेरी माओवादीमा फर्काउनको लागि आफूलाई मन नलागेको बताए । उनले भने, 'बदमासी गरेकालाई ल्याएर गृहमन्त्री बनाएँ , तर .......।’
उनले अन्य मन्त्रीहरु फर्काउनको लागि मन नभएको भन्दै उतै बसेपनि केही नबिग्रने बताए । । ’अब यस्ता मान्छेलाई फर्काउन पटक्कै मन छैन। साथीहरू तपाईंले भन्यो भने फर्किने भनेका छन् भन्छन्, तर मलाई फकाउन मन लाग्या छैन । उतै बस भन्या छु, यहाँ आएर फेरि रोए भने पग्लिन्छु कि भन्ने डर छ,’ उनले भने ।
प्रचण्डले दुई तीन वर्ष मिहिनेत गरिए पार्टीलाई एक नम्बर बनाउन सकिने दावी समेत गरे । ओली नेतृत्वको सरकारलाई समर्थन गरि नराख्ने भन्दै उनले ओली ढाल्ने स्पष्ट गठबन्धन तयार भएपछि मात्रै समर्थन फिर्ता लिने बताए ।
आफूहरूको पार्टी अहिले धेरै सजिलो भएको भन्दै प्रचण्डले संगठन बनाउने बाहेक अरु तनाव नभएको बताए ।
उनले पूर्वएमाले सँग सम्बन्धित नेता–कार्यकर्ताबारे हेडक्वार्टरसँग समन्वय गरेर मात्रै निर्णय गर्न आग्रह गर्दै अव जिल्ला जिल्लाका गतिविधीहरु हुने बताए ।
त्यसमा लागि सबै तयार रहन आग्रह गरे । उनले एमाले अब एक रहने स्थिति नरहेको उनको दाबी गरे । ‘माधवजीसँग नजिक भएका मानिसलाई तानेर हामीभित्र घुसाइहाल्छु भन्ने तिर लाग्नुहोला’ प्रचण्डले भने, ‘अहिले त्यसो गर्न आवश्यक छैन । माधवजी, झलनाथजीहरूसँग हाम्रो सहकार्य गरिराख्ने, उहाँहरूले त्यहाँभित्र गएर संघर्ष गर्ने र फेरि एकताको प्रस्ताव राख्ने र एकतातिर नै जानुपर्छ भन्ने छ।’
उनले पार्टीलाई थप बलियो बनाउँदै लैजाने समेत बताए । कार्यकर्ता भेटघाट कार्यक्रममा पूर्वमन्त्री चक्रपाणी शर्मा (बलदेव) प्रदेशको सामाजिक विकास मन्त्री सुर्दशन बराल, प्रदेश सभा सदस्यहरु गीता थापा, दीपा विकको उपस्थित रहेको थियो । प्रचण्ड आज बिहान दलित पत्रकार संघको अधिवेशनको बुटवल आएका थिए । पत्रकारको कार्यक्रमपछि कार्यकर्ता छोटो कार्यकर्ता भेला गरेर काठमाडाैं फर्किएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गायक दीप श्रेष्ठलाई ‘दीर्घसाधना सम्मान’ प्रदान गर्दै नाट्य प्रज्ञा प्रतिष्ठान
-
इरानमाथि आक्रमण गर्ने योजनालाई ट्रम्पले अनुमोदन गरेका हुन् ?
-
झापाका ५२५ जना वन्यजन्तु पीडित राहतकाे पर्खाइमा
-
बागमती सरकारको रहर : डाङडुङे डाँडामा ‘सिनेमाको सहर’
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह
-
पत्रकारिता र अभिव्यक्तिलाई अपराधीकरण गर्न नहुने निष्कर्ष