मोबाइल चार्ज गर्दा करेन्ट लागेर गर्भवती महिलाको मृत्यु
बिहीबार, ०५ असार २०८२, ०७ : २९
सारांश
- रौतहटमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक गर्भवती महिलाको मृत्यु भएको छ।
- राजपुर नगरपालिका-३ की ३५ वर्षीया गुलनाज खातुनलाई करेन्ट लागेको थियो, उपचारका क्रममा मृत्यु भयो।
- प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ र शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ।
रौतहट । रौतहट स्थित मोबाइल चार्ज गर्ने क्रममा विद्युतीय करेन्ट लागेर एकजना गर्भवती महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा राजपुर नगरपालिका–३ डमार पोखरीया गाउँकी ३५ वर्षीय गुलनाज खातुन रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले बताए।
बुधबार दिउसो साढे ३ बजेको आफ्नै घरमा मोबाइल चार्जमा लगाउन जाँदा खातुन लाई विद्युतीय करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएकी खातुनलाई प्रादेशिक अस्पताल गौरमा उपचारको लागि लैजाँदा साँझ ५ बजे डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। मृतक खातुन गर्भवती रहेको प्रादेशिक अस्पताल गौरका मेसु डाक्टर मुरारी ठाकुरले बताएका छन्।
मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको तथा घटना बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण