शुक्रबार, ०६ असार २०८२
ताजा लोकप्रिय

गायक दीप श्रेष्ठलाई ‘दीर्घसाधना सम्मान’ प्रदान गर्दै नाट्य प्रज्ञा प्रतिष्ठान

बिहीबार, ०५ असार २०८२, ०८ : २९
बिहीबार, ०५ असार २०८२

समाचार सारांश

  • गायक दीप श्रेष्ठलाई 'दीर्घसाधना सम्मान' प्रदान गरिने भएको छ, जसमा २ लाख नगद र ताम्रपत्र समावेश छ।
  • श्रेष्ठले ५ दशक लामो साङ्गीतिक यात्रामा ४०० भन्दा बढी गीत गाइसकेका छन् र उनले विभिन्न पुरस्कार प्राप्त गरेका छन्।
  • असार ११ गते राष्ट्रपति भवनमा गायिका कुन्ती मोक्तान लगायतका स्रष्टाहरूलाई 'राष्ट्रिय प्रज्ञा पुरस्कार' प्रदान गरिनेछ।

काठमाडौँ । गायक दीप श्रेष्ठलाई ‘दीर्घसाधना सम्मान’ प्रदान गरिने भएको छ । सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले २ लाख रुपैयाँ नगद र ताम्रपत्रसहित उनलाई यो सम्मान दिन लागेको हो ।

५ दशकदेखि साङ्गीतिक क्षेत्रमा क्रियाशील श्रेष्ठले १८ वर्षको उमेरमा ‘म पत्थरको देवता होइन’ बोलको गीत रेकर्ड गर्दै साङ्गीतिक करियर थालेका थिए ।

श्रेष्ठले रेडियो नेपालबाट २०२७ साल र २०२८ सालमा पुरुषतर्फ उत्कृष्ट गायन उपाधि र २०३० सालमा स्वर्ण पदक प्राप्त गरेका थिए । उनले ४०० सयभन्दा बढी गीत गाएका छन् ।

प्रतिष्ठानले सोही अवसरमा ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार’ गायिका कुन्ती मोक्तान, वरिष्ठ सङ्गीत संयोजक राजु अग्रवाल, वरिष्ठ नृत्य निर्देशक भुवनदास श्रेष्ठ, वरिष्ठ रंगकर्मी हरिबहादुर थापा र वरिष्ठ नाटककार वेदकुमारी न्यौपानेलाई प्रदान गर्ने भएको छ ।

सम्मान र पुरस्कार यही असार ११ गते राष्ट्रपति भवनमा आयोजित एक कार्यक्रमका बिच बितरण हुँदैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप