इरानमाथि आक्रमण गर्ने योजनालाई ट्रम्पले अनुमोदन गरेका हुन् ?
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमण गर्ने योजनालाई अनुमोदन गरेको सीबीएसले जनाएको छ।
- ट्रम्पले इरानमाथि आक्रमण गर्ने वा नगर्ने भन्ने बारेमा अन्तिम निर्णय लिएका छैनन्, आणविक कार्यक्रम त्यागे आक्रमण रोक्न सक्ने बताइएको छ।
- इजरायल र इरानबीचको द्वन्द्व जारी छ, जुन १३ मा इजरायलले इरानको आणविक कार्यक्रममाथि आक्रमण गरेको थियो।
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमण गर्ने योजनालाई अनुमोदन गरेको बताइएको छ । बीबीसीको अमेरिकी साझेदार सीबीएसकले यस्तो समाचार छापेको हो ।
तर, ट्रम्पले इरानमाथि आक्रमण गर्ने वा नगर्ने भन्ने बारेमा अन्तिम निर्णय भने लिई नसकेको बताइएको छ । इरानले आफ्नो आणविक कार्यक्रम त्याग्न सहमति जनाएमा ट्रम्पले आफ्नो आक्रमण योजना रोक्न सक्ने एक वरिष्ठ गुप्तचर स्रोतले सीबीएसलाई बताएका छन् ।
यो समाचार पहिलो पटक वाल स्ट्रिट जर्नलले छापेको थियो । बुधबार, इरानमा अमेरिकी हस्तक्षेपको बारे सोध्दा ट्रम्पले ‘म त्यो गर्न सक्छु, म त्यो नगर्न पनि सक्छु’ भन्न जवाफ दिएका थिए ।
जुन १३ मा, इजरायलले इरानको आणविक कार्यक्रमसँग सम्बन्धित लक्ष्यहरूमा आक्रमण गर्यो । बदला स्वरूप इरानले पनि इजरायलमाथि आक्रमण गर्याे । त्यसबेलादेखि दुई देशबिचको द्वन्द्व जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण